
चीनको बैंकिङ्ग व्यवसाय अनुगमन संचालन समितिका उप प्रमुख वाङ्ग चाउ सिङ्गले आज चौध तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले चीनको भित्री भागबाट बाहिरका पूंजी र बैंकहरुलाई चीनका ग्रामिण क्षेत्रको बैकिङ्ग प्रणालीको निर्माण-कार्यमा सहभागी हुनेतर्फ स्वागत गर्ने कुरा बताउनुभएको छ।
चिनियाँ र विदेशी पत्रकारहरुसंगको अन्तर्वार्तामा श्री वाङ्गले सो कुरा बताउनुभएको हो। उहाका अनुसार चीनमा प्रवेश गर्ने व्दारलाई खुकुलो पार्नु र विभिन्न पूंजीहरुले ग्रामिण क्षेत्रमा गई बैंकहरुको स्थापना गर्नेतर्फ समर्थन गर्नु लगायत बैंकिङ्ग अनुगमन समितिले सक्दो प्रयास गरी ग्रामिण क्षेत्रमा बैकिङ्ग सेवा क्षेत्रमा अनेकौं सुधार, खोजतलाशी र सिर्जनात्मक कार्यहरु गर्दै आएको छ।
उहाँको भनाइ अनुसार ग्रामिण क्षेत्रको बैकिङ्ग सेवाको सुधार गर्ने हो भने निरन्तर रुपमा नयाँ सिर्जना, खुलापनका साथै अनुगमन र निगरानीलाई पनि सबल पार्नु पर्छ, जसबाट ग्रामिण क्षेत्रको बैकिङ्ग अंगहरुको झन् राम्रो र झन् छिटो विकस गर्न सकियोस्।
|