
अखिल चीन श्रमिक संघका उपाध्यक्ष चाङ मिङ छीले आज पैचिङ्गमा बोल्दै 'श्रमिक विमा ऐन'लाई लागू गराउनका लागि पालना गर्ने नियम तर्जुमा गर्ने कार्य सक्रियताका साथ अघि बढाउने कुरा बताउनुभएको छ। यसो गरिएमा मात्र 'श्रमिक विमा ऐन'मा तोकिने विषयलाई अझ बढी रुपमा व्यवहारमा उतार्न सकियोस् भन्ने उहाँको धारणा रहेको छ।
एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो सम्मेलनको प्रेस केन्द्रमा उहाँले चिनियाँ तथा विदेशी पत्रकारहरुसँग संयुक्त अन्तर्वार्ता दिँदै उक्त कुरा भन्नुभएको हो।
उहाँका अनुसार, चीनमा रहेका सरकारी व्यवसाय होस वा गैर-सरकारी व्यवसायहरु, वा विदेशी व्यवसायहरु सबैले 'श्रमिक विमा ऐन'को पालना गर्नुपर्छ।
|