चीनको पश्चिमी भागमा पर्ने सिनच्याङ युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरुमुछी सार्वजनिक सुरक्षा व्यूरोले आज जनाए अनुसार, ओलम्पिक खेलकूदको राँको परिक्रमा गराइने कार्यक्रम तथा ओलम्पिक खेलकूदको सुरक्षा कार्यलाई सुचारु रुपमा चलाउनका लागि उरुमुछी प्रहरीहरुले विविध कदम चालिरहेको छ।
उरुमुछी सार्वजनिक सुरक्षा व्यूरोका प्रमुख छन चुआङ वैले आतंकबाद, पृथकताबाद तथा उग्रबाद यी तीन वटा शक्तिलाई कडा प्रहार गर्ने कुरा व्यक्त गर्नुभयो। साथै उहाँले ओलम्पिक खेलकूदलाई लक्षित आतंकबादी गतिविधिहरुलाई कडा प्रहार गरी ओलम्पिक खेलकूदको सुरक्षालाई प्रभाव पार्ने सबै नकारात्मक तत्वलाई शुरुमै नष्ट पार्ने पनि जानकारी दिनुभयो।
थाहा भए अनुसार, जुन पच्चीस तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकूदको राँको सिनच्याङ पुग्ने अनि सिनच्याङबाट कानसु प्रान्तमा प्रवेश गर्ने कार्यक्रम रहेको छ।
|