china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको संयोजनबाट सर्वसाधारणलाई लाभान्वित
    (GMT+08:00) 2008-03-14 20:07:08    

          चौबीस वर्षीय महिना चांग मिंग पैचिङ्गको एउटा कम्पनीमा कार्यरत हुनुहुन्छ। सन 2008 को पैचिङ्ग ओलम्पिक खेलकुद नजिकिंदै आइरहेको परिप्रेक्षमा उहाँले ओलम्पिक खेलकुदको संयोजनबाट सर्वसाधारणलाई लाभान्वित हुने अनुभव गर्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

         "पैचिङ्गको यातायात पहिलेभन्दा अहिले अझ सुविधा पूर्णछ। पहिले मैले बसेको क्षेत्रमा सार्वजनिक यातायात सेवा थिएन, तर अब त्यहाँ चार वटा सार्वजनिक बसको सेवा भइरहेका छन। मेरो घरबाट कम्पनीमा जाँदा लाग्ने समय पहिलेको तुलनामा एक घण्टा जति कम भएको छ। यसका साथै सार्वजनिक बसको टिकटको मूल्य पनि पहिलेभन्दा छयसठ्ठी प्रतिशतले कम भएको छ।"

          वायुको प्रदूषणलाई सुव्यस्थित पार्ने, सार्वजनिक यातायातको विकासलाई अग्रस्थानमा पुर्‍याउने, वातावरण संरक्षणको प्रवर्द्धन गर्ने र सम्पूर्ण समाजमा कसरत कार्यक्रमको प्रचार-प्रसार आदि कदम चालेर चीनले जनताको हितमा दृष्टि पुर्‍याएर चीन समाज तथा चिनियाँ जनतालाई ओलम्पिक खेलकुदको संयोजनबाट लाभान्वित गराउँदै आएको छ। हाल पैचिङ्गमा आयोजना भइरहेको चिनियाँ राष्ट्रिय जन कांग्रेस र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनमा ओलम्पिक खेलकुद सम्बन्धी कुराले ती अधिवेशनमा सहभागि प्रतिनिधि र सदस्यहरु बीच चर्चाको मुख्य बिषय बनेको छ।

          पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिले "हरियो ओलम्पिक, मानवतावादी ओलम्पिक, वैज्ञानिक तथा प्राविधिक ओलम्पिक"भन्ने धारणामा सन 2008 ओलम्पिक खेलकुदको संयोजन गर्दै आएको छ। सर्वसाधारणको दैनिक जीवनसित यी तीन क्षेत्रको निकै घनिष्ठ सम्बन्ध छ। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य एबं पैचिङ्गका उप-मेयर लिउ चिंग मिनले पैचिङ्गको स्थानीय सरकारको अथक प्रयासमा हाल यहाँको वायुको गुण-स्तरमा स्पष्ट सुधार भएको कुरा बताउँदै भन्नुभयोः

         "गत नौ वर्षदेखि यता पैचिङ्गकोमा वायुको गुण-स्तरमा निरन्तर रुपमा सुधार हुँदै आएको छ। हाल हामीले वायुको प्रदूषणलाई नियन्त्रण गर्ने चौधौं चरणका कदम चालिरहेका छौं।"

          यातायात समस्याको समाधान गर्न पैचिङ्गमा सार्वजनिक यातयातको विकासलाई अग्र स्थानमा राख्नुका साथै सार्वजनिक बस र मेट्रोको टिकटको मूल्यलाई कम पारेको छ। हाल ओलम्पिक खेलकुदका अवधिमा उपयोग हुने रंगलाशा वरिपरी चल्ने चार वटा मेट्रोको निर्माण सूचारु रुपमा भइरहेको छ। तीमध्ये पाँचौं नम्बरको मेट्रो लाईन सञ्चालनमा आइसकेको छ। यसबारे जानकारी दिंदै श्री लीउ चिंग मिनले भन्नुभयोः

         "गत सालमा पाँचौं नम्बरको मेट्रो लाईन सञ्चालनमा आएपछि हरेक दिन यसबाट ढुवानी गरिने यात्रुहरुको संख्या पाँच लाख पुगेको छ। यसले पैचिङ्गको यातायातको विकासका लागि महत्वपूर्ण भूमिकाको निर्वाह गरेको छ। ओलम्पिक खेलकुद शुरु हुनुअघि अन्य तीन वटा मेट्रो लाईन पनि सञ्चालनमा आउने भएको छ। यसबाट पैचिङ्गमा यातायातको समष्टिगत बनौटमा ठूलो भूमिका निर्वाह गरिने मेरो विश्वास छ।"

          पैचिङ्गमा आयोजना गरिने ओलम्पिक खेलकुदप्रति स्थानीय बासिन्दाले निकै ठूलो उत्साह जनाएका छन। तिनीहरुले "हामी घरपटी हौं, स्वयँ सेवक हौं"भन्ने नारा प्रस्तुत गरी विभिन्न किसिमको कार्यक्रमको आयोजना गरेका छन। धेरै पैचिङ्गबासीले ओलम्पिक खेलकुदको स्वागत गर्न सक्रियताका साथ अंग्रेजी भाषाबारे अध्ययन गरिहेका छन। यसबारे चर्चा गर्दै पैंतालिस वर्षीय टेक्सी चालक कोले भन्नुभयोः

         "आउने अगष्ट आठ तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुने भएको छ। हाल हाम्रो कम्पनीले हामीलाई अंग्रेजी भाषाबारे तालिम दिने गरेको छ। यसका साथै म आफैंले पनि फुर्सदको बेलामा सधैं नै ओलम्पिक खेलकुद सम्बन्धी ज्ञान र अंग्रेजी भाषाबारे पढ्ने गरेको छु।"

          एउटै कुरामा भन्ने हो भने भौतिक क्षेत्रमा होस वा मानसिक क्षेत्रमा होस, ओलम्पिक खेलकुदको संयोजनबाट चिनियाँलाई वास्तविक रुपमा लाभान्वित भएको छ। सम्पूर्ण चीन समाजले यसबाट सिर्जना उपलव्धिको सह-उपभोग गरिरहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040