china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको नयाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो नियमित वार्षिक सम्मेलन सम्पन्न
    (GMT+08:00) 2008-03-14 20:08:30    

         " अब म चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलन विसर्जन भएको घोषित गर्न चाहन्छु"।

          चीनको नयाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो नियमित वार्षिक सम्मेलन आज चौध तारिखका दिन पैचिङ्गमा सम्पन्न भयो। एघार दिने उक्त सम्मेलनको अवसरमा चीनका विभन्न क्षेत्रहरुबाट आएका दुई हजारभन्दा बढी समस्त चीनका सदस्यहरुले देशका महा कार्य र नीति अनि नागरिकहरु चिन्तित भएका मुख्य समस्याहरुबारे आ-आफना राय-सुझावहरु पेश गर्नुका साथै चीनका सर्वोच्च नेतागणसित छलफल गरेका थिए। यस पटकको सम्मेलनमा राष्ट्रिय जन राजनैतिक परामर्शदात्रि सम्मेलनका सदस्यहरुले राष्ट्रिय समितिका अध्यक्ष लगायत नयाँ जन राजनैतिक परापर्शदात्री सम्मेलनका नेतृत्वादायी अंगको छनौट गरेका थिए।

          पुनः अर्को कार्यकालका लागि निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ्ग लिनले नेतृत्वदायी अँगको बैठकमा सम्बोधन गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले बोल्दै नयाँ राजनैतिक परामर्शदात्री सम्मेलनले परिस्थितिको नयाँ ढङ्गसंग मेल खाने गरी नागरिकहरुको नयाँ अभिलाषा अनुसार यथेष्ट रुपमा आफ्ना श्रेष्ठताहरुको विकास गरी अझ बढी रुपमा आफ्नो क्षमतालाई उकासेर चीनका आर्थिक र सामाजिक विकासका लागि नयाँ योगदान दिदै जाने बताउनुभएको छ। उहाँले जोड दिएर भन्नुभयोः

          हामीले विकासको प्रवृतिलाई आफ्नो कार्यभारको पहिलो लक्षका रुपमा कायम राखी गहिरो रुपमा व्यवहारिक वैज्ञानिक विकासको दृष्टिकोणको अध्ययन गर्दै वैज्ञानिक विकासको दृष्टिकोणका सचेतता र दृढतालाई व्यवहारमा उतार्नेतर्फ अझ बढी रुपमा सबल पार्नुका साथै संगठनात्मक र अनुशासनबद्ध रणनैतिक, समष्टिगत महत्वपूर्ण विषयहरुको गहिरो अध्ययन गरी सक्रियताका साथ राय-सुझावहरु तय गरेर आर्थिक समाजको झन् राम्रो र झन् छिटो विकासलाई बढाउनुपर्छ।

          चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको मुख्या कार्यभार चाहिं देशका राजनीति, अर्थतन्त्र, सामाजिक जीवन-यापनसित सम्बन्धित क्षेत्रमा रहेका महत्वपूर्ण निर्णय-प्रस्तावबारे छलफल र परामर्श गर्नुका साथै आ-आफ्ना राय-सुझावहरु प्रस्तुत गर्नु हो। थाहा भएअनुसार यस पटकको सम्मेलनमा चार हजार सात सयभन्दा बढी प्रस्तावहरु प्राप्त गरिएको छ। ती प्रस्तावहरु चाहिं आर्थिक, राजनैतिक, सांस्कृतिक र सामाजिक निर्माण आदि झण्डै सबै क्षेत्रहरुसित सम्बन्ध रहेका छन्। प्रस्ताव टोलीका उप प्रमुख चाङ्ग यीले भन्नुभयोः

          नागरिकको जीवन-यापनका समस्याहरु चाहिं सम्बन्धित सदस्यहरुले सधैं नै ध्यान दिंदै आएका समस्याहरु हुन्। किनकि उनीहरु विभिन्न जाति, विभिन्न क्षेत्र र विभिन्न स्तरबाट आएका प्रतिनिधिहरु हुन्। उनीहरुले स्वयम आ-आफ्ना अनुभव र महसुस एवम आ-आफ्नो सम्पर्क राखेका बासिन्दाहरुका अभिलाषाहरुलाई लिएर देखाएका थिए। जस्तै भनौं- ग्रामिण क्षेत्रको ‌औषधोपचार विमा, ग्रामिण सामाजिक हित-कल्याण, ग्रामिण शिक्षा, ग्रामिण वातावरणलाई सुव्यवस्थित पार्ने, किसानहरुको आमदानीलाई बढाउने आदि आदि कुराहरु तिनमा समावेश छन्।

          त्यस अवसरमा राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य आई नु वारले बोल्दै सदस्यहरुले तय गर्ने प्रस्तावहरुको प्रयोग गर्नु चाहिं राजनैतिमा सहभागी र राजनैतिबारे छलफल गरी नागरिकहरुका अभिलाषा र इच्छाको अभिव्यक्ति गर्नु नै हो भनेर व्याख्या गर्नुभएको छ।

          अहिले हामीले विशेष गरी नागरिकहरुको जीवन-यापन सम्बन्धी समस्याहरु देखाउँदै आएका छौं। हामीले हाम्रा सुधार र खुलापनका नतीजाहरुलाई साधारण नागरिकहरुको जीवनमा अभिव्यक्त गराउन चाहन्छौं र नागरिकहरुलाई वास्तविक हित-कल्याण दिलाउन चाहन्छौं। ती समस्याहरु चाहिं वास्तविक कुराहरु हुन्। आफ्नो कार्यावधिमा ठीक रुपमा सर्वसाधारणहरुका राय-सुझावहरु देखाएर राष्ट्र स्तरसम्म पुर्‍याएर वास्तविक समस्याहरुको समाधान गर्ने हो भने हामीले ठूलो भूमिका खेल्न सक्ने छौं।

          सक्रियताका साथ राजनैतिक परामर्शदात्री समसतसलाई चलाएर प्रजातान्त्रिक अगुगमनलाई सम्पूर्ण पारी राजनीतिमा संलग्न र त्यसबारे छलफल गर्ने प्रभावकारी क्षमतालाई बढाउनु चाहिं यस पटकको नयाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको आगामी पाँच वर्षको प्रयासको दिशा हो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत विद्यालयका प्राध्यापक ली चुनले भन्नुभए झैं भविष्यमा जन राजनैतिक परामर्शदात्री सम्मेलनले चीनको प्रजातान्त्रिक राजनैतिक निर्माणमा अझै ठूलो भूमिका खेल्दै जाने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040