china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बत स्वायत्त प्रदेशका जिम्मेवार व्यक्तिव्दारा व्यक्त
    (GMT+08:00) 2008-03-15 10:49:58    

          चीनको तिब्बत स्वायत्त प्रदेशका जिम्मेवार व्यक्तिले आज चौध तारिखका दिन बोल्दै हाल निकै थोरै मानिसहरुले ल्हासामा चलाएका कुकर्महरु दलाइ ग्रूपव्दारा संगठनात्मक, पूर्व-निर्धारित र सूक्ष्म रुपमा रचिएको हो भन्ने कुराको प्रशस्त प्रमाणहरु पाइएको छ र त्यसैले तिब्बतका विभिन्न जातिहरुका नागरिकहरुले तिनीहरुको कडाइकासाथ क्रोध र गम्भीर खण्डन एवम् आलोचना गर्दै आएका छन् भन्ने कुरा बताउनुभएको छ।

          उक्त जिम्मेवार व्यक्तिले केही पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदै भन्नुभयोः हाल ल्हासामा रहेका निकै थोरै व्यक्तिले कुटपिट गर्ने, होहल्ला गर्ने, लूटपाट गर्ने, आगो लगाउने, सामाजिक सुरक्षालाई गोलमाल गर्ने र जन साधारणहरुका जीउ-ज्यान एवम धन-सम्पतिको सुरक्षालाई खत्तम पार्ने जस्ता कुकर्महरु गर्दै आएका छन्। त्यसैले तिब्बतका सम्बन्धित एकाइहरुले ऐन-कानून अनुसार प्रभावकारी कदमहरु चालेर मुनासिब रुपमा कारवाही गर्दै आएका छन्।

          उहाँले के कुरा पनि औंल्याउनुभएको छ भने सम्पूर्ण रुपमा तिब्बतको समाजको स्थायित्व र तिब्बतका सबै जातिहरुका नागरिकहरुका जीउ-ज्यान र धन-सम्पत्तिको सुरक्षाको संरक्षण गर्न चीनको क्षमता छ। तिब्बतका स्थायित्व र मेलमिलापलाई डामाडोल गर्न खोज्दै आएका उक्त निकै थोरै व्यक्तिहरुको कुचेष्टा नागरिकहरुको मनबाट विपरीत भई आवश्यनै विफल हुन जाने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040