
आज आयोजित चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनको पूर्ण बैठकमा उ पाङ्ग कोलाई एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष निर्वाचित गरिएको छ। सिन्ह्वा समाचार समितिले उ पाङ्ग कोको संक्षिप्त जीवनी सार्वजनिक गरेको छ।
सिन्ह्वा समाचार समितिले जनाएको उ पाङ्ग कोको संक्षिप्त जीवनी यस प्रकार छः
उ पाङ्ग को सन् 1941मा जन्मनु भएको एक पुरुष हुनुहुन्छ । सन् 1964 को अप्रिल महिनामा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। छिङ्ग हुआ विश्वविद्यालयको तार विहिन विद्युतिय शिक्षाको इलेक्ट्रिक भ्याकुम कल पुर्जाको व्यवसायी विषयबाट उहाँ स्नातक हुनुभएको हो। उहाँ ईजन्नियर हुनुहुन्छ।
उहाँले सन् 1966को सेप्टेम्बर महिना देखि साङ्घाइको एक कार्खानामा काम गर्न थाल्नुभयो। सन् 1991देखि 2002सम्मको अवधिमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी शाङ्गहाइ शाखाका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयका सचिव, उप-प्रधान मन्त्री लगायतका पदमा रहनुभयो। सन् 2002देखि उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत राजनैतिक व्यूरोका स्थायी सदस्य हुनुभइ सन् 2003 देखि यता राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्षको पदमा रहदै आउनुभएको छ। उहाँको कार्यावधि पूरा भएपछि आज उहाँलाई राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्षमा पुनः निर्वाचित गरिएको छ।
|