
चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनद्बारा आज आयोजित पूर्ण बैठकमा सि चिनफिङलाई जन गणतन्त्र चीनका उपाध्यक्ष निर्वाचित गरिएको छ। त्यसपछि सिन्ह्वा समाचार समितिले उहाँको संक्षिप्त जीवनी सार्वजनिक गरेको छ।
उक्त संक्षिप्त जीवनी यस प्रकार छः
सि चिनफिङ, हान जात्तिको। सन् 1953मा जन्मनुभएको हो। सन् 1974मा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीमा भाग लिनुभयो। उहाँ अध्ययनरत विद्यावारिधि र कानून डाक्टर हुनुहुन्छ। सि चिनफिङले वल्लो शान्सि प्रान्तीय यानछुआन जिल्लाको गाँउमा शारिरिक काम गर्नुभएपछि छिङ्गह्वा विश्वविद्यालय अन्तर्गत रासायनिक उद्योग विभागमा पढ्नुभयो। सन् 1982देखि उहाँले हपै तथा फु च्यान प्रान्त लगायतका ठाँउमा काम गर्दै आउनुभएको छ। उहाँले फु च्यान प्रान्तीय कामचलाउ प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी च च्याङ प्रान्त शाखाका महासचिव, चिनियाँ कम्युनिष्ट पार्टी शाङ्गहाइ नगर शाखाका महासचिवको पदमा रहनुभयो। सन् 2007देखि सि चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत राजनैतिक व्यूरोका स्थायी सदस्य तथा केन्द्रिय समितिका सचिवालयका सचिवको पदमा रहनुभएको छ।
|