चिनियाँ राष्ट्रिय जन कांग्रेसका तीन हजारभन्दा बढी प्रतिनिधिहरुले आजै पन्घ्र तारिखका दिन पैचिङ्गमा नाउँरहित मतदानको पद्धतिव्दारा चीनका नयाँ नेताहरु निर्वाचित गर्नुभएको छ। श्री हु चिन थाउ अझै पनि जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवम जन गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष निर्वाचित हुनुभएको छ।

उक्त निर्वाचन चाहिं चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक नियमित अधिवेशनमा सोही दिन आयोजित पूर्ण सम्मेलनमा चलाइएको हो। यस पटकको सम्मेलनमा श्री ऊ पोङ्ग को अझै पनि एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष निर्वाचित हुनुका साथै श्री सि चिन फिङ्ग जन गणतन्त्र चीनका उप राष्ट्राध्यक्ष निर्वाचित हुनुभएको छ।

यस्तै उक्त सम्मेलनले चीनको राज्य परिषदको सुधार प्रस्तावलाई पनि अनुमोदन गरेको समाचार छ।
यसै वीच प्राप्त अर्को समाचार अनुसार प्रजातान्त्रिक जन गणतन्त्र कोरिया, भियतनाम, जापान र हंगेरी आदि मुलुकहरुका पार्टी र सरकारका नेताहरुले बधाइ संदेश पठाएर चीनका नव निर्वाचित नेताहरुप्रति सौहार्दिक बधाइ व्यक्त गर्नुभएको छ।
|