|
यस वर्ष तिब्बत स्वायत्त प्रदेशले कृषि तथा पशुलापनका विशेषतायुक्त व्यवसायको निर्माणका लागि बीस करोड युआनभन्दा बढी अनुदान दिनेभएको छ।
तिब्बत कृषि तथा पशुपालन विभागको तथ्यांकअनुसार, तिब्बत स्वायत्त प्रदेशका चार लाखभन्दा बढी कृषक र पशुपालकहरु विशेषतायुक्त व्यवसायको परियोजनामा सहभागी भएका छन। विशेषतायुक्त कृषि र पशुपालन व्यवसाय तिब्बतका कृषक र पशुपालकहरुका लागि आम्दानी बढाउने मार्ग बनेको छ। ती विशेषतायुक्त व्यवसायहरुमा प्रदूषणबाट मुक्त हुने तरकारी, उत्तम जातका गाई तथा भेडा पालन समावेश छन।
प्राप्त जानकारीअनुसार, अहिले चीन सरकारले तिब्बतको कृषि तथा पशुपालन व्यवसायका विशेषतायुक्त परियोजनाको विकासलाई राष्ट्रस्तरीय परियोजनामा समावेश गरेको छ । यसका लागि सन् 2007 देखि नै रकम छुट्याउनथालिएको छ।
|