अहिलेसम्म तिब्बतका शहर तथा बस्तीका एक लाख तीस हजार बासिन्दाहरुले आधारभूत चिकित्सा बिमामा सहभागी हुनका लागि नाम दर्ता गराएका छन।
गत वर्षको अक्टुबरदेखि तिब्बतका शहर तथा बस्तीका बासिन्दाहरुको आधारभूत चिकित्सा बिमा कार्य पूर्णरुपमा कार्यान्वयन गर्नथालिएको छ। तिब्बतले माध्यमिक र प्राथमिक विद्यालयका विद्यार्थीहरु लगायत काम नगर्ने बासिन्दाहरुलाई सामाजिक आधारभूत चिकित्सा बिमासमन्धी प्रत्याभूतिको परिधिमा राखेको छ। सम्बन्धित निर्णयअनुसार, चिकित्सा बिमामा सहभागी हुनेहरुले तीस प्रतिशत रकम आफै बेहोर्नुपर्छ भने बाँकी रकम विभिन्न तहका सरकारले बेहोर्नुपर्छ। तिब्बतका शहर र बस्तीका दुई लाख बासिन्दाहरुलाई आधारभूत चिकित्सा बिमामा लगाइएको छ।
तथ्यांक अनुसार, अहिलेसम्म तिब्बतका शहर र बस्तीका एक लाख तीस हजारभन्दा बढी बासिन्दाहरुले चिकित्सा बिमामा सहभागी हुनका लागि नाम दर्ता गरिसकेका छन् भने बिमामा सहभागी भएका केही मानिसहरुलाई चिकित्सा बिमाको सहुलियत उपलव्ध गराइएको छ। र बिमामा सहभागी भएका जन-साधारणले व्यावहारिक सुविधा पाएका छन।
|