
चीनको बसोबास तथा शहर र ग्रामीण क्षेत्र निर्माण मन्त्रालयका उप-प्रमुख छि जीले आज पैइचिङ्गमा चिनियाँ र विदेशी पत्रकारसँग कुराकानी गर्दै सस्तो बसोबास प्रणालीमार्फत आमदानी कम भएका चीनका नौ लाख पचास हजार परिवारको बसोबासको अवस्थामा सुधार भएको विचार व्यक्त गर्नुभयो।

श्री छि जीका अनुसार, सस्तो बसोबास प्रणाली चीनको वर्तमान बसोबास प्रणालीमा एक मुख्य विषय हो। गत वर्षदेखि यता यस बसोबास प्रणालीको निर्माण स्पष्टरुपमा बढ्दैआएको छ जसबाट आमदानी कम भएका अझ बढी परिवार लाभान्वित भएका छन।
|