
एघारौं चिनियाँ जन-कांग्रेस स्थायी समितिको प्रथम अधिवेशनको सातौं पूर्ण सम्मेलनको आयोजना आज पैचिङ्गमा गरियो।

सो सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउको सिफारिस बमोजिम चीनको राज्य परिषदका चारजना उप-प्रधानमन्त्री र पाँचजना सदस्यको नामावली निश्चित गरिएको छ।

यसका अतिरिक्त, राज्य परिषदका महासचिव र विभिन्न मन्त्री, विभिन्न समितिका प्रमुख, चीन जन-बैंकका गभर्नर आदि पदका लागि पनि नाम निश्चित गरिएको छ।

चीनका राष्ट्राध्यक्ष हु चिन थाउले दोस्रो नम्बरको अध्यक्षको आदेशमा हस्ताक्षर गरी उक्त सम्मेलनको निर्णय बमोजिम ती राज्य परिषदका अन्य सदस्यलाई नियुक्त गर्नुभएको छ।

|