china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम लाह्सामा सामाजिक परिपाटी पुनः स्थीर
    (GMT+08:00) 2008-03-17 21:10:17    

          चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छिंगबा पुन्चोंगले सत्र तारिखका दिन पैचिंगमा बोल्दै लाह्साको परिस्थिति शान्त भएको र सामाजिक परिपाटी पुनः स्थीर भएको कुरा बताउनुभएको छ।

           उहाँले चीनको राज्य परिषदको प्रेस कार्यालयले आज आयोजित गरेको पत्रकार सम्मेलनमा उक्तकुरा बताउनुभएको हो ।

            उहाँले अगाडी भन्नुभयोः 14 तारिखका दिन लाह्साको शहरी भागमा उत्पन्न भएको गम्भिर हि‌सात्मक काण्ड दलाई गुटले संगठनात्मकरुपमा , पूर्व नियोजित तरिकाले र निकै मन लगाएर गरेको कारवाई हो। यो काण्ड चीनभित्र र बाहिर रहेका तिब्बती स्वतन्त्रता पक्षधर शक्तिले आपसी साँठगाँठ गरेर रचेका हुन। त्यसैले तिब्बतका विभिन्न जातिका जनताले यसप्रति निकै रोष व्यक्त गर्नुका साथै त्यसको कडा निन्दा गरेका छन। तिब्बत स्वायत्त प्रदेशले सकेसम्म छिटो सम्बन्धित पक्षलाई एकत्रित पारेर ती हिंसात्मक गतिविधिमा संलग्न अपराधीमाथि प्रहार गरेको छ। उहाँले जोड दिंदै भन्नुभयोः तिब्बतका विभिन्न जातिका जनताको पृथकतावादको विरोध गर्ने, मातृ-भूमिको एकीकरणको संरक्षण गर्ने र सामाजिक स्थायीत्वको संरक्षण गर्ने संकल्प अटल छ। तिब्बतको स्थायीत्वलाई नष्ट पार्ने र पृथकतावादी गतिविध गर्ने कुनै पनि कुनियतले मानिसहरुका मन जित्न सक्दैन र त्यो अवश्य विफल हुनेछ।

            चौध तारिखका दिन लाह्साको शहरी क्षेत्रमा कुटपिट गर्ने , लुटपाट गर्ने गम्भिर हिंसात्मक घटना गराइएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040