अन्तर्राष्ट्रिय ओलम्पिक समितिको चिकित्सा विभागले आज स्वीजर्ल्याण्डको लावसानमा पैचिङ्गको वायुको गुण-स्तरबारे एउटा टिप्पणी प्रतिवेदन सार्वजनिक गरेको छ। यसको नतिजाअनुसार, पैचिङ्गको वायुको गुण-स्तरबाट खेलाडीको स्वास्थ्यमा नोक्सानी पुर्याउँदैन।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिको चिकित्सा विभागका अध्यक्ष अर्ने ल्युक्विस्टले उक्त टिप्पणी नतिजाप्रति अन्तर्राष्ट्रिय ओलम्पिक समिति सन्तुष्ट भएको कुरा बताउँदै चीन सरकारले वातावरणको संरक्षणबारे चालिरहेका विभिन्न कदममार्फत यस वर्ष आयोजित हुने पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्गको वायुको गुण-स्तर अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभएको छ।
|