china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको नयाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो वार्षिक अधिवेशन सम्पन्न
    (GMT+08:00) 2008-03-18 10:52:13    

                 चीनको एघारौं राष्ट्रिय जन-कांग्रेसको पहिलो अवधिवेशन आज विहान पैचिङमा सम्पन्न भयो।

                 अवधिवेशनको समापन समारोहमा बोल्दै पुन:निर्वाचित चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीनको संविधानद्वारा दिइएको पवित्र जिम्मेवारीलाई निष्ठापूर्वक वहन गरी आफूले मेहनतका साथ काम गर्ने, जनताको हितका लागि काम गर्ने र राष्ट्रको विकासका लागि प्रयास गर्ने कुरा वताउनुभयो।

                 यसका साथै, राष्ट्राध्यक्ष हु चिन थाउले नव-निर्वाचित राष्ट्रिय संस्थाका कर्मचारीहरुले जनताद्वारा दिइएको महत्वपूर्ण जिम्मेवारी वहन गरेका कारण तिनीहरुले आफ्नो जिम्मेवारी वहन गर्ने प्रक्रियामा जनताका लागि सेवा उपलव्ध गराउने आधारभूत उद्देश्यबमोजिम जनताका विभिन्न हक-अधिकारको प्रत्याभूति दिने, मनैदेखि जनताका लागि हित-कल्याण सिर्जना गर्ने कुरामा जोड दिनुभयो।

                 चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष वु बांग कोले यस समापन समारोहमा बोल्दै यस पटकको अधिवेशनले सम्पन्न समाजको निर्माण गर्ने नयाँ विजय प्राप्त गर्न तथा चिनियाँ विशेषतायुक्त समाजवादी कार्यको नयाँ परिस्थिति सिर्जनाका लागि प्रयास गर्न चीनका विभिन्न जातिका जनतालाई प्रोत्साहित गर्ने कुरा वताउनुभयो।

                 समापन समारोहमा चिनियाँ राष्ट्रिय जन-कांग्रेसका करिब तीन हजारजना प्रतिनिधिले सरकारी कार्य-प्रतिबेदन, योजना तथा बजेट प्रतिबेदन, सर्वोच्च जन-अदालत तथा प्रधान न्यायाधिशको कार्य-प्रतिबेदनमाथि छलफल गर्नुका साथै तीनलाई पारित गरेका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040