china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत स्वायत्त प्रदेशको सदर मुकाम ल्हासाको सामाजिक परिपाटी पुन: स्थिर
    (GMT+08:00) 2008-03-18 18:30:06    

             हाल चीनको तिब्बत स्वायत्त प्रदेशको सदर मुकाम ल्हासा शहरमा कुटपिट गरिएको, माल-सामान लुटिएको र आगो लगाएको गम्भीर हिंसात्मक गतिविधि देखा परेकाले स्थानीय सामाजिक परिपाटीमा गम्भीर असर पारिएको छ। तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याङ्ग बा पुनछोकले हिजो पैचिङ्गमा बोल्दै उक्त भयङ्कर हिंसात्मक गतिविधि दलाई गूटले विदेशी शक्तिसँगै मिलेर मातृ-भूमिलाई पृथक पार्ने उद्देश्यमुताविक गरेको कुचेष्टा भएको कुरा औंल्याउनुभयो। हाल ल्हासाको परिस्थिति क्रमश: शान्त हुनुका साथै सामाजिक परिपाटी पनि पुन: स्थिर हुदैगएको देखिन्छ।

              चीनको राज्य परिषदको प्रेस कार्यालयद्बारा हिजै आयोजित पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याङ्ग बा पुनछोकले देश र विदेशका पत्रकारहरुलाई उक्त हिंसात्मक गतिविधिको सम्बन्धित अवस्थाबारे जानकारी दिनुभएको छ।

              गत चौध तारिख विहान एघार बजे केही तिब्बती लामाहरुले ल्हासाको उत्तर-पूर्वी क्षेत्रमा रहेको रामोचे गुम्बामा ढुङ्गा-मुढा गर्नुका साथै त्यहाँ शान्ति सुरक्षा कार्यका लागि खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि केही डाँकाहरुले सडकमा भेला भई मातृ-भूमिलाई पृथक पार्ने नारा लगाएर जथाभावी कुटपिट गर्नुका साथै माल-सामान लुट्ने, आगो लगाउने जस्ता अनेकन् हिंसात्मक गतिविधि शुरु गरेका थिए। ती अवैध तत्वहरुले ल्हासा शहरको मुख्य सडकमा रहेका पसल, प्राथमिक तथा माध्यमिक विद्यालय, अस्पताल, बैंक, इलेक्ट्रोनिक तथा सञ्चार प्रबन्ध र प्रेस एकाईहरुलाई लक्षित गरी कुटपिट र आगजनी गरेका थिए। यसका अतिरिक्त, उनीहरुले सरकारी संस्थामाथि आक्रमण गर्नुका साथै सडकमा आवत-जावत गरिरहेका गाडीहरुमाथि पनि आगो लगाएका थिए। उनीहरुले सडकमा हिंडिरहेका सर्वसाधारणलाई पनि कुटपिट गरेका थिए।

              श्री छ्याङ्ग बा पुनछोकका अनुसार, उक्त हिंसात्मक गतिविधि उत्पन्न भएपछि तिब्बत स्वायत्त प्रदेशले तत्काल आवश्यक कदम चाल्नुका साथै हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनबमोजिम कारवाई गरेको थियो। उहाँले यसबारे थप जानकारी दिंदै भन्नुभयो:

               तिब्बत स्वायत्त प्रदेशले चाँड नै सम्बन्धित पक्षहरुलाई बोलाएर आगलागी भएका ठाउँमा गएर आगो निभाउनुका साथै घाइतेहरुलाई औषधोपचार गरेको छ। यसका साथसाथै, सम्बन्धित पक्षहरुले विद्यालय, अस्पताल, बैंक र सरकारी संस्थाको सुरक्षालाई मजबुत पारी कानूनबमोजिम उक्त हिंसात्मक गतिविधि गर्नेहरुमाथि गम्भीरताका साथ प्रहार गरेका छन। सामाजिक स्थिरता, देशमा कानूनी व्यवस्था र तिब्बतका विभिन्न जातिका जनताको मूलभूत हितको संरक्षणका लागि तिब्बत स्वायत्त प्रदेशले अनेकन् प्रभावकारी कदम चालेको छ। हाल ल्हासाको परिस्थिति शान्त हुनुका साथै सामाजिक परिपाटी पनि पुन: स्थिर हुदैगएको देखिन्छ।

                उक्त हिंसात्मक गतिविधिका क्रममा डाँकाहरुले जम्मा दुइ सय दशवटाभन्दा बढी आबास र पसल तथा छपन्नवटा गाडी ध्वस्त पार्नुका साथै तेह्रजना निर्दोष सर्वसाधारणलाई मारेका छन। श्री छ्याङ्ग बा पुनछोकका अनुसार, उक्त हिंसात्मक गतिविधिमा डाँकाहरुले निकै क्रुर तरिकाको उपयोग गरेका छन जसको सहन विश्वमा कुनै पनि प्रजातान्त्रिक कानूनी मुलुकले गर्न सक्दैन।

              श्री छ्याङ्ग बा पुनछोकका अनुसार, त्यस भयङ्कर हिंसात्मक गतिविधि दलाई गूटको पृथकतावादी कुचेष्टाका आधारमा गरिएको हो। त्यसको उद्देश्य मातृ-भूमिलाई पृथक पार्नु र तिब्बतको एकतालाई ध्वस्त पार्नु हो। उहाँ भन्नुहुन्छ:

               उक्त भयङ्कर हिंसात्मक गतिविधि मातृ-भूमिलाई पृथक पार्ने उद्देश्यले विदेशमा गठित "तिब्बतको स्वाधिनता" भन्ने पृथकतावादी शक्तिसँगै मिलेर दलाई गूटले चलाएको हो। त्यसको कुचेष्टा वास्तवमा पैचिङ्ग ओलम्पिक खेलकुद आयोजना हुनलागेको बेला देशको स्थिरतालाई ध्वस्त पार्नु हो।

               श्री छ्याङ्ग बा पुनछोकका अनुसार, दशौं वर्षदेखि यता चीन सरकारले तिब्बतसम्बन्धी कार्यमा उच्च महत्व दिनुका साथै स्थानीय जीवन-यापनको अवस्थामा सुधार गर्नका लागि भिन्ना-भिन्नै किसिमका प्रभावकारी कदम चाल्दैआएको छ। तिब्बतको स्थिरतामा खलल पुर्‍याउने र मुलुकलाई पृथक पार्ने कुनै पनि कुचेष्टा अन्त्यमा विफल हुनुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040