
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले अठार तारिखका दिन पैचिंगमा बोल्दै अहिले तिब्बतको लाह्सा शहरको परिस्थिति शान्त भएको र सामाजिक परिपाटी मोटामोटी रुपमा सामान्य भएको कुरा सार्वजनिक गर्नुभयो ।

आज परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा श्री छिन कांगले बोल्दै तिब्बत स्वायत्त प्रदेशका सम्बन्धीत विभागले केही दिनदेखि लाह्सामा उत्पन्न भएको हुलदङ्गा , लुटपाट , आग्जनी , मारकाट जस्ता गम्भिर हिंसात्मक आपराधीक गतिविधिलाई कानून बमोजिम निराकरण गर्दैछन् भन्नुभयो । प्रशस्त प्रमाण र तथ्यले लाह्सामा भएको यो काण्ड दलाई गुटव्दारा संगठनात्मक र षडयन्त्रका रुपमा धनजन लगाएर रचेको र भडकाइएको कुरा प्रमाणित भएका छन्। सम्बन्धीत मुलुक र अन्तर्राष्ट्रिय संगठनले तथ्यलाई सम्मान गर्दै सेतो र कालो छुट्याएर न्यायको पक्षमा उभिनुपर्ने आशा श्री छिन कांगले व्यक्त गर्नुभयो ।

केही दिनभित्र तिब्बतको लाह्सा शहरमा उत्पन्न भएको गम्भिर हिंसात्मक काण्डले स्थानीय जन साधारणको जीवन र धनजनमा निकै हानि पुर्याएको छ भने त्यहाँको सामाजिक परिपारटीलाई गम्भिर रुपमा विगारिदिएको छ ।
|