
एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको प्रथम अधिवेशन आज पैचिङ्गमा सम्पन्न भयो। अधिवेशनपछि चीनका प्रधानमन्त्री वन च्या पाउले स्वदेशी र विदेशी पत्रकारसित कुराकानी गर्दै आगामी पाँच वर्षमा चीनको विकास सम्बन्धी धारणा र चीनमा चलिरहेको वर्तमान चर्चित बिषयबारे पत्रकारहरुद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको
सो अवसरमा श्री वन च्या पाउले हाल तिब्बतमा केही मान्छेले कुटपिट गर्ने , लुटपाट गर्ने , आगो लगाउने , मारकाट गर्ने गरेको काण्डबारे चर्चा गर्दै दलाई लामा समूहले उक्त काण्ड रचेको कुराको यथेष्ठ तथ्यबाट पुष्टी भएको छ भन्नुभयो। तिब्बतको स्थायीत्व तथा सामान्य सामाजिक व्यवस्थाको संरक्षण गर्नुका साथै तिब्बतको आर्थिक विकास र सामाजिक प्रगतिको प्रवर्द्धन गर्ने चीन सरकारको क्षमता रहेको कुरा पनि उहाँले औंल्याउनुभएको छ।

यसका साथै प्रधानमन्त्री वन च्या पाउले ओलम्पिक खेलकुदको राम्ररी संयोजन गरी ओलम्पिक खेलकुदमार्फत विश्वका विभिन्न देशका जनतासितको मित्रता तथा सहयोगलाई सबल पार्न चिनियाँ जनता इच्छुक रहेको कुरा बताउनुभएको छ।

यसका अतिरिक्त प्रधानमन्त्री वन च्या पाउले चीनको राजनैतिक तथा आर्थिक व्यवस्थाको सुधार, सामाजको व्यवस्थापन र सार्वजनिक सेवा आदि बिषयबारे पत्रकारहरुद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।
|