चिनियाँ राष्ट्रिय देशप्रेमी स्वास्थ्य आन्दोलन समितिको कार्यालयले सन् 2008को पैचिंग ओलम्पिक खेलकूद समारोहका अवसरमा स्वास्थ्य र रोग निवारण कार्यमा कुनै समस्या नपरोस् भन्ने उद्देश्यसहित मार्च अठार तारिखका दिन ओलम्पिक खेलकूद समारोहको स्वागतार्थ रोग संक्रमण हुने खालका जीवजन्तुको प्रतिकार सम्बन्धी प्राविधिक आदान प्रदान गोष्ठी आयोजि गरेको छ ।
प्राप्त जानकारी अनुसार उक्त गोष्ठिले ओलम्पिक खेलकूद समारोहका खेल प्रतियोगिता आयोजना गर्ने शहर , चीनका मुख्य पर्यटकीय शहरमा रोग संक्रमण हुने खालका जीवजन्तुको नियन्त्रण कार्यलाई सबल पार्दै विभिन्न तहका देशप्रेमी स्वास्थ्य कार्यालय , रोग नियन्त्रण केन्द्रहरुले त्यस किसिमका प्रविधिको स्तरलाई उकास्दै रोग संक्रमण गर्ने खालका लामखुटे , झिंगा जस्ता जीवजन्तु र संक्रमणका जोखिमलाई हदसम्म कम गर्नुपर्ने कुरामो जोड दिएको छ । जस्बाट ओलम्पिक खेलकूद समारोहका क्रममा विभिन्न मुलुकका खेलाडी र व्यापक पर्यटकहरुलाई निरोगी रहन प्रत्याभूत गर्न सकियोस् ।
|