china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा ओलिम्पिक खेलकूद सम्बन्धी तालिम कार्यमा पैचिंग प्रयासरत भएको विषयको 
    (GMT+08:00) 2008-03-18 08:56:17    

          केही महिनापछि 2008 पारा ओलिम्पिक खेलकूद चीनको पैचिंगमा आयोजना हुने भएको छ। प्रत्येक पारा ओलिम्पिक खेलकूद चाहिं सारा संसारका अपाँगहरुको भव्य खेलकूद समारोह हो। यस पटकको पारा ओलिम्पिक खेलकूद पनि चीनको अपाँग मामिलाको अरु बढी रुपमा विकास गर्न घच्घच्याउने दिशाको एक अमूल्य सुअवसर मानिएको छ। यसलाई सफल पार्नको लागि पैचिंगले सक्रियताका साथ तयारी काम गर्दै चौतर्फी रुपबाट तालिम दिने कामकाजहरु गरिरहेकैछ। आजको खेलकूद कार्यक्रममा म तपाईंहरुलाई यस बारे केही जानकारी दिंदैछु।

          पारा ओलिम्पिक खेलकूदका लागि सेवा कार्यमा निकै इलमी ज्ञानको आवश्यकता छ। यसको संचालन गर्ने स्तरलाई माथि उकास्न र खेलकूदाका क्रममा मानवीय हेरचाह देखाउनका लागि यस सम्बन्धी तालिम दिने काम राम्ररी गर्नु अति जरुरी छ। पैचिंग ओलिम्पिक खेलकूदको तालिम समन्वय टोलीले हालै पारा ओलिम्पिक खेलकूद सम्बन्धी तालिम कार्य सम्मेलनको आयोजना गर्‍यो। उक्त समन्वय टोलीका जिम्मेवार व्यक्ति चु शान लुले आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो- ओलिम्पिक खेलकूदको दाँजोमा पारा ओलिम्पिक खेलकूदको आफ्नै विशेषता र नियम छ। त्यसैले यसको सेवा गर्ने कर्मचारीहरुसित झन् उच्च अपेक्षा राखिएको छ। उहाँले पारा ओलिम्पिक खेलकूद सम्बन्धी तालिम कार्य आफ्नै इलमी मापदण्ड हुनुका साथै त्यसको सामाजिक व्यापकता जस्ता विशेषता छ भन्नुहुन्छ। जुन मुख्यतः चार पक्षबाट अभिव्यक्त गरिएको छ-

         "एक, यसमा झन् गहन मानवीय भावना देखिएको छ। दुइ, यसको स्पष्ट व्यवहारिक विशेषता छ। तीन, यसको छुट्टै इलमी मापदण्ड छ र चार, यसको जटिल सामाजिक आबद्धता छ। पारा ओलिम्पिक खेलकूद अपाँगहरुको मामिला हो। अपाँगहरुले हेरचार र कदर पाउनुपर्छ"।

          जनवरी महिनामा पैचिंग ओलिम्पिक खेलकूदको संयोजन समितिअन्तर्गत स्वयंसेवक विभागले चिनियाँ अपाँग खेलकूद तालिम केन्द्रमा पारा ओलिम्पिक खेलकूदका स्वयं सेवकहरुका प्रशिक्षक बन्न चाहनेहरुलाई प्रशिक्षण र तालिम दिने विषयक कक्षा संचालन गरेको थियो। कक्षामा अपाँगहरुलाई कसरी सहयोग गर्ने ठोस कुराहरु सिकाउनुका साथै प्रशिक्षार्थीहरुलाई गुड्ने कुर्सी चलाउने जस्ता व्यवहार गर्ने अवसर पनि दिइएको थियो। ती वैकल्पिक प्रशिक्षकहरुले तालिम लिएपछि फेरि सम्बन्धित जाँच लिनुपर्छ। जाँचमा पास भएकाहरुले मात्र पारा ओलिम्पिक खेलकूदका स्वयं सेवकहरुलाई तालिम दिने प्रक्षिक्षक बन्ने हैसियत पाउनेछन्।

          तीसजना विशेषज्ञको मेहनती प्रशिक्षणमा करीब एक सयजना स्वयं सेवकहरुले पारा ओलिम्पिक खेलको उत्पतिदेखि लिएर पैचिंग पारा ओलिम्पिक खेलकूदका खेलहरु बारेको जानकारीलगायत पारा ओलिम्पिक खेलकूद सम्बन्धी विभिन्न ज्ञानहरु बारे सिक्ने गरेका छन्। अपाँगहरुलाई मद्दत दिने कुरा चाहिं तालिमको महत्वपूर्ण बिन्दु हो। उदाहरणका लागि गुड्ने कुर्सी चलाउन सिक्ने विषयमा एक घण्टाको समय खर्च गरिएको थियो। स्ययं सेवकहरुले यसमा एकदमै उत्साह देखाएका छन् र लगन्शिलताका साथ जान्ने मानिससित सिक्छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040