china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत स्वायत्त प्रदेशको विकास र परामर्श समितिका मानार्थ प्रमुख र दिव्दारा ल्हासामा भएको लुटपाट, ध्वस्त, आगजनी जस्ता हिंसात्मक घटनाको घोर भर्त्सना
    (GMT+08:00) 2008-03-19 18:03:20    

             तिव्वती जातिका प्रख्यात व्यक्ति, तिब्बत जातीय स्वायत्त प्रदेशको विकास र परामर्श समितिका मानार्थ प्रमुख र दिले आज पैचिंगमा हाल तिब्बतको सदरमुकाममा उत्पन्न लूट-पीट, ध्वस्त र आगजनी जस्ता हिंसात्मक घटनाको कडा निन्दा गर्नुभयो । यस घटनाबाट फेरि एक पल्ट दलाई समूहको पृथक‌ र विगार्ने गतिविधि एकै मिनेट पनि नरोकिएको कुरा प्रमाणित भएको छ ।

              चौध तारिख विहान, केही भिक्षुहरु ल्हासाको उत्तर-पूर्वी भागमा पर्ने मन्दिर रामोचेमा ढुंगाव्दारा सामान्य ड्यूटिमा रहेका प्रहरीलाई आक्रमण गरेका छन् । त्यसपछि केही डाँकाहरु सडकमा भेला भएर मुलुकलाई अलग्याउने नारा बुलंद गर्नुका साथै लुटपाट, ध्वस्त र आगजनी गरेका छन् । सो घटना द्रुत गतिले फैलिएको छ । तथ्यांक अनुसार उक्त हिंसात्मक घटनामा डाँकाहरुले कूल दुइ सय दश वासिन्दाहरुको घर र पसल जलाएका छन्, छपन्नवटा गाडी ध्वस्त पारेका वा जलाएका छन् र तेह्रजना सामान्य वासिन्दाहरुलाई आगोमा फालेर जलाएका छन् ।

               तिब्बत जातिका प्रख्यात व्यक्ति, तिब्बत स्वायत्त प्रदेशको विकास र परामर्श समितिका मानार्थ प्रमुख र दिले उदांगो पार्नुभए अनुसार प्रशस्त तथ्यहरुबाट उक्त घटना दलाइ समूहले संगठित रुपमा पूर्व षड्यन्त्र लिएर रचेको र उत्तेजित गरेको हो भन्ने कुरा प्रमाणित हुन सकिनेछ ।

                जसको उद्देश्य संवेदनशील अवधिमा जानाजानी घटना बनाउनु र घटनालाई विस्तृत पारेर रक्ताम्य घटना बनाउने कुचेष्टा गर्नु हो । यस्तो निहुँ लिएर पैचिंग ओलम्पिक खेलकुदलाई भाँड्ने र हाम्रो देशको शान्त र मेलमिलापयुक्त सामाजिक र राजनैतिक परिस्थितिलाई बिगाउने कुचेष्टा गर्नु हो । यस घटनाबाट फेरि एक पल्ट विदेशमा रहने दालाई पृथकतावादी समूहले चीनमा घुस्ने र पल्टाउने गतिविधिलाई केही कम पारेको छैन र दलाई समूहको पृथक र विगार्ने गतिविधि एकै मिनेटसम्म पनि रोकेको छैन भन्ने कुरा प्रमाणित भएको छ ।

                र दि आसिन हुनुहुने तिब्बत स्वायत्त प्रदेशको विकास र परामर्श समिति विभिन्न पक्षका विशेषज्ञ र विव्दान्‌हरुव्दारा गठित संस्था हो। त्यसले तिब्बतको सामाजिक र आर्थिक विकासका लागि प्रस्ताव प्रस्तुत गर्दछ । चालू वर्ष सत्तरी वर्षको उमेर पुग्नुभएको र दि पहिले भू-दास हुनुहुन्थ्यो । उहाँले सन् 1951 वर्ष तिब्बतको शान्तिपूर्ण मुक्ति भएदेखि यता तिब्बतको सबै परिवर्तन देख्नुभएको छ । र दिका अनुसार ल्हासामा उक्त घटना उत्पन्न भएको आकस्मिक होइन । पछिल्ला दर्जनौं वर्षदेखि तिब्बतले इतिहासमा सबैभन्दा छरितो, सबैभन्दा बढी रुपमा परिवर्तित र जनताले सबैभन्दा बढी सुविधा पाएको अवधि पार गरेको छ । तर दलाई समूह जस्ता पृथकतावादी तत्वहरुले तिब्बतको सामाजिक प्रगति, आर्थिक विकास र जातीय एकताको परिस्थिति देख्न मन पराएका छैनन् । साथै तिनीहरुले तिव्वती जनताले आफ्नो मालिक बनेर सुखमय जीवन बिताएको पनि देख्न मन पराएका छैनन्। यसैले तिब्बत र सिंगै तिव्वती जाति बसोबास गर्ने क्षेत्रको स्थिर विकासलाई बिगार्नका लागि तिनीहरुले भएभरका कुप्रयास गरेका छन् ।

                उक्त घटना उत्पन्न भएपछि तिब्बत स्वायत्त प्रदेशको सरकारले द्रुत गतिले कदम चालेर आगो निभाउने, घाइतेहरुको उपचार गर्ने, ऐन कानून बमोजिम लुटपाट, ध्वस्त,आगजनी जस्ता हिंसात्मक गतिविधि गर्ने अपराधीमाथि प्रहार गर्ने काम गरेको छ । हाल ल्हासाको परिस्थिति शान्त भएको छ र सामाजिक अनुशासन पनि सामान्य भएको छ । तर द लाई समूह तथा पश्चिमी मुलुकका केही व्यक्तिले डाँकाहरुको लुटपाट, ध्वस्त, आगजनी गतिविधिलाई "शान्तिपूर्ण विरोध र्‍याली"को नाम दिएका छन् र ऐन कानून बमोजिम जनताको ज्यान र सम्पत्तिको सुरक्षा तथा सामाजिक अनुशासनलाई क्षति हुने हिंसात्मक गतिविधिलाई कारवाही गर्ने कार्यलाई "शान्तिपूर्ण विरोध र्‍यालीलाई दमन" को संज्ञा दिएका छन् ।

                र दिले भन्नुभयोः उक्त भनाइले घटनाको यथार्थताको वास्ता नगरी कालोलाई सेतो पनि भनेको छ ।

                 हामीहरुले सोध्नु पर्छ , विश्वमा जुनसुकै मुलुक वा जुनसुकै सरकार होस् र ल्हासामा देखापरेको यस्तो लूटपाट , ध्वस्त , आगजनी जस्ता हिंसात्मक अपराधको बेवास्ता गरी बस्नसक्छ ? कुनै पनि सरकारले बासिन्दाहरुको ज्यान र सम्पत्तिको सुरक्षाको वास्ता नगर्ने सम्भावना छैन। यस्तो घटनालाई कुनै पनि मुलुकले सहन गर्ननसक्ने कुरा निःसन्देह छ ।

                 थाहा भएअनुसार, हाल तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरका अधिकांश पसलहरु फेरि खुलेका छन् र विश्वविद्यालय तथा माध्यमिक र प्राथमिक विद्यालयमा अध्ययन पनि सामान्य भइसकेको छ । ल्हासाको सामाजिक अनुशासन पनि सामान्य भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040