 दशौं चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका उपाध्यक्ष एवम् तिब्बत स्वायत्त प्रदेशको विकास र परामर्श समितिका मानार्थ प्रमुख र दिले हाल लाह्साको स्थिति आधारभूतरुपमा स्थीर हुनुका साथै सामाजिक परिपाटी पुनः सुचारु भएको कुरा बताउनुभएको छ। उहाँले हिजो पैचिगमा आयोजित तिब्बत स्वायत्त प्रदेशको विकास र परामर्श दोस्रो समितिको पहिलो बैठकमा बोल्दै उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, तिब्बतको विकास कुनै अवस्थामा स्थीरताको आधारमा हुनुपर्ने छ। खालि स्थीरताको आधारमा मात्र तिब्बतका विभिन्न जातिले सुःख र आनन्दका साथ जीवन बिताउनसक्ने छन र तिब्बतको भविष्य उज्ज्वल हुनसक्ने छ। त्यसैले तिब्बतको विकास तथा स्थीरताको वातावरणलाई बिथोल्नुहुँदैन।
|