china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासामा उत्पन्न लूटपीट, ध्वस्त र आग्जनी घटनाको प्रत्यक्षदर्शी र घटनाबाट प्रभावित व्यक्तिहरुको अनुभव
    (GMT+08:00) 2008-03-20 17:02:42    

            हाल दलाई लामा समूहको रचना र उक्साइमा चीनको तिव्वत स्वायत्त प्रदेशको ल्हासा शहरमा रहेका साना मन्दिरहरुमा भिक्षुहरुले घटना बनाएर ल्हासा शहरको सामान्य सामाजिक अनुशासनलाई गम्भीरताका साथ बिगारेर ल्हासा शहरका बासिन्दाहरुको ज्यान र सम्पत्तिमा ठूलो क्षति पुर्‍याएका छन। सो घटना उत्पन्न भएपछि तिव्वत स्वायत्त प्रदेशको सरकारले तत्कालै कदम चालेर उक्त हिंसात्मक गतिविधिलाई ऐनकानून बमोजिम प्रहार गरेको छ। हाल ल्हासा शहरको सामाजिक अनुशासन आधारभूत रुपमा सामान्य भइसकेको छ। ल्हासामा उत्पन्न भएको घटनाको क्रम के कस्तो रहेको छ त ? अब बेलिविस्तार जानकारी सुन्नुहोस्।

            चौध तारिख विहान एघार बजेतिर, केही भिक्षुहरुले ल्हासाको उत्तर-पूर्वी भागमा पर्ने मन्दिर रामोचेमा ढुंगाव्दारा सामान्य ड्यूटिमा रहेका प्रहरीलाई आक्रमण गरे। त्यसपछि केही डाँकाहरु सडकमा भेला भएर मुलुकलाई अलग्याउने  नारा बुलंद गर्नुका साथै लुटपाट, ध्वस्त र आगजनी गरे। सो घटना द्रुत गतिले फैलियो। ती डाँकाहरुले ल्हासाको शहरी क्षेत्रको मुख्य सडकमा रहने पसल, माध्यमिक र प्राथमिक विद्यालय, अस्पताल, बैंक र प्रेस संस्थाहरुमाथि आक्रमण गरी लूटपीट, ध्वस्त र आग्जनी गरे। यसका अतिरिक्त तिनीहरुले त्यहाँ आइरहने र गइरहने गाडीहरुलाई जलाए र बटुवाहरुलाई लूटपाट गरे। सोही दिनको अवस्थाको सिंहावलोकन गर्दै ल्हासा शहरको हाइ छन् प्राथमिक विद्यालयका प्राध्यापक नीमा ट्सेरिंगले विद्यार्थीहरु भात खाएपछि विद्यालयमा फर्कंदा डाँकाहरुले हाइ छन् प्राथमिक विद्यालयमाथि आक्रमण गरेका कुरा बताउनुभयोः

             ती डाँकाहरुले बहुलाहा जस्तै हाम्रो विद्यालयको अध्ययन भवनमा आक्रमण गरे जसबाट हाम्रो विद्यालयका विद्यार्थीहरु र शिक्षक-शिक्षिकाहरुको ज्यान र विद्यालयको सम्पत्तिको सुरक्षामा त्रास पुर्‍याइयो। त्यस घडीमा हामीहरुले आ-आफ्नो कक्षाका विद्यार्थीहरुलाई संरक्षण र सान्त्वना दिनका लागि ती विद्यार्थीहरुलाई आफ्ना कक्षा कोठामा बोलाउन शिक्षक र शिक्षिकाहरुलाई संगठित पार्‍यौं। यसका अतिरिक्त हामीहरुले आ-आफ्ना वाल-वालिकाहरुलाई घर फर्काउनका लागि समयमै सबै अभिवावकहरुलाई सूचना दियौं। उक्त घटनाले हाम्रो विद्यालयलाई झण्डै चौध लाख चिनियाँ युआन्‌को क्षति पुर्‍‍याएको छ। तर मुख्य कुरा के हो भने, सो घटनाले हाम्रो विद्यालयका विद्यार्थीहरुलाई अति ठूलो मानसिक क्षति पुर्‍याएको छ।

               सोही दिनको घटनाबारे चर्चा गर्दा दोस्रो स्तरको चौथो कक्षाकी विद्यार्थी दावा युड्रोनले अहिलेसम्म पनि अलि डर लागिरहेको कुरा बताइन्‌ त्यस बेला मैले केही मानिसहरुले प्रहरीलाई कुटिरहेका देखें र केही मानिसहरुले पसलमा ढुङ्गा-मुडा गरिरहेको पनि देखें। मलाई ज्यादै डर लाग्यो। मेरा बाजेले मलाई विद्यालयमा अध्ययन गर्न नजान भन्नुभयो। यसैले म घरमै तीन दिनसम्म बसिरहें।

                थाहा भएअनुसार, उक्त हिंसात्मक घटनामा डाँकाहरुले कूल दुइ सय दश बासिन्दाहरुका घर र पसल जलाएका छन्, छपन्नवटा गाडी ध्वस्त पारेका वा जलाएका छन् र तेह्रजना सामान्य बासिन्दाहरुलाई आगोमा फालेर जलाएका छन्। ल्हासा शहरका केही मुख्य सडकहरुमा नष्ट भएका मालसामानहरु छरिएरका छन। बाटोमा गोलमालको स्थिति छ। डाँकाहरुले खालि पसल ध्वस्त पारेका र लुटेका मात्र होइनन, पसलभित्रका मालहरु पनि लुटेका छन्। उक्त घटनाबाट प्रभावित फंग पि स्याले रुँदै आफूलाई डाँकाहरुले पिटेको बेलाको अनुभवबारे पत्रकारलाई भनिनः

               चौध तारीख दिउँसो मैले भात पकाइरहेको बेला मेरा छिमेकीले मलाई छिटै पसल बन्द गर भने, उनका अनुसार, परका सबै पसल त बन्द भैसकेका थिए। एकजना आइले एकजना पाँच वर्षको तिब्बती बच्चालाई विद्यालयमा लैजाँदा बाटामा हाम्रो पसलमा लुकेकी थिइन। बच्चालाई निकै डर लाग्यो। त्यस बच्चा मलाई बचाउ भन्दै मेरा श्रीमानका अगाडि करायो। मेरा श्रीमानले अहिले बाहिर जान मिल्दैन भन्नुभयो। तर त्यस बच्चा एकनाससित कराइरह्यो। अन्तमा मेरा श्रीमान ढोका खोलेर बाहिर जानुभयो। बाहिर जानेबित्तिकै हामीहरुलाई इटले हाने डाँकाहरुले। हामीहरु दगुर्दै भाग्यौं। तर एक्कासी कताबाट हानेको ईंटको चोटले मलाई घाइते तुल्यायो। मेरो श्रीमान र बच्चालाई पनि डाँकाहरुले लुटपीट गरे।

              यस पल्टको घटनामा डाँकाहरुको हिंसात्मक गतिविधिले तिब्बतका विभिन्न पक्षका व्यक्तिहरुबाट कडा आक्रोष व्यक्त गरिनुका साथै त्यस घटनाको घोर भर्त्सना गरिएको छ। उक्त घटनाबाट प्रभावित सर्वसाधारहरुको हाल तिब्बतका विभिन्न अस्पतालमा उपचार भैरहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040