 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले दलाइसँग वार्ता गर्ने चीन सरकार को अडान स्पष्ट तथा यथावत हुँदैआएको छ, चीन सरकारले दलाइसँग साँच्चै नै तथाकथित "तिब्बतको स्वतन्त्रता"सम्बन्धी धारणा त्याग्दै मातृभूमिलाई विखण्डन पार्ने सबै गतिबिधिलाई तुरुन्तै बन्द गर्न आग्रह गरेको कुरा बताउनुभएको छ। उहाँले हिजो पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
उहाँकाअनुसार, दलाइको भनाइमा ध्यान नदिएर उस्को गतिबिधिमा ध्यान दिनुपर्छ। हालै गराइएका अनेकौं काण्डबाट हेर्दा व्यवहारमा उहाँद्बारा भनिइएको जस्तै भएन भन्ने कुरा प्रमाणित भएको छ। हामीले दलाइलाई पुनः वार्ताका लागि पूर्वाधार सिर्जना गर्नसक्ने आशा गरेका छौं।
|