चीनको तिव्वत स्वायत्त प्रदेशको निर्माण विभागको तथ्यांकाका अनुसार पछिल्ला केही वर्षदेखि तिव्वतका वासिन्दाहरुका व्यक्तिगत घरको बृद्धि इतिहासको सबैभन्दा द्रुत अवधिमा पुगेको छ । तिनीहरु बस्ने वातावरणमा टड्कारो सुधार भइसकेको छ र बस्ने स्तर पनि स्पष्ट रुपमा माथि बढेको छ ।
प्राप्त जानकारी अनुसार तिव्वतको भूमि र घर व्यवसायमा लगानी लगाउने रकम बढ्दै आएको छ भने बजारले पनि विविध छनौट उपलव्ध गराएको छ । तथ्यांकका अनुसार हाल तिव्वतका शहर बस्तीका कामदार र कर्मचारीहरुको प्रति व्यक्ति औसत बस्ने क्षेत्रफल पचीस वर्गमिटर पुगेको छ । त्यस्तै कृषक र पशुपालकहरुको पनि प्रति व्यक्ति बस्ने औसत क्षेत्रफल छतीस वर्गमिटर पुगेको छ ।
थाहा भए अनुसार अबउपरान्त तिव्वत स्वायत्त प्रदेशले सरकार र बजार जस्ता दुइटा माध्यमव्दारा क्रमशः बहुतहको बसाईलाई प्रत्याभूत पार्ने प्रणालीको निर्माण गर्ने छ । जसबाट तिव्वतका वासिन्दाहरु बढीभन्दा बढी फराकिलो र बढीभन्दा बढी आनन्दमय घरमा बस्न सकून् ।
|