ग्रीस ओलिम्पिक समितिका उपाध्यक्ष कौभेलोसले बीस तारीखका दिन हाम्रो रेडियोका पत्रकारसित कुराकानी गर्दै पैचिंग ओलिम्पिक खेलकुद दीपको संकलन गर्ने समारोहको तयारी कार्य पूरा भएको कुरा बताउनुभयो ।
कौभोलोसका अनुसार ग्रीस पक्षको तयारी कार्य निकै पूर्ण रहेको छ । चीन र ग्रीस दुवै नै प्राचीन सभ्यतायुक्त मुलुक हुन् । तिनीहरुका दीर्घकालीन इतिहास र समृद्ध सांस्कृति रहेका छन् । ओलिम्पिक दीपको हस्तान्तरण कार्यक्रमले यी दुइ मुलुक बीचको मित्रतालाई र ओलिम्पिक भावनाको प्रसारणलाई अरु बढी रुपमा अघि बढाउनेछ।
पैचिंग ओलिम्पिक खेलकुदको दीपको रिले मार्गको कूल लमाई एक हजार पांच सय अठाइस किलोमिटर रहेको छ । त्यो मार्ग ग्रीसका सोह्रवटा क्षेत्र त्रिचालीसवटा शहर भएर तीमध्येका उनन्तीसवटा शहरहरुमा दीप हस्तान्तरण समारोहको आयोजना हुने कार्यक्रम छ । ग्रीसमा छ सय पांचजना खेलाडीहरु सो दीपको रिलेमा सहभागी हुनेछन् ।
|