china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतलाई मातृभूमिबाट अलग्याउने कुनै किसिमको कुकृत्य असफल हुने
    (GMT+08:00) 2008-03-22 18:21:37    

            बाइस तारिखका दिन प्रकाशित चीनको सबभन्दा ठुलो आधिकारिक पत्र-जन दैनिक समाचार पत्रले { कानूनी व्यवस्था कार्यान्वयन गर्दै जनताको संरक्षण गर्ने र स्थायीत्व कायमै राख्ने } शिर्षकमा टिप्णीकारको लेख प्रकाशित गरेको छ । उक्त लेखका अनुसार तिब्बतलाई मातृभूमिबाट अलग्याउन खोज्ने कुनै किसिमको कर्कृत्यल मानिसहरुका मनलाई जित्न नसक्नुका साथै विफल हुने छ ।

             उक्त लेखमा अझ उल्लेख गरिएको छः तिब्बत स्वायत्त प्रदेशको लाह्सा शहरमा कानून उल्लंघन गर्ने एक मुठी व्यक्तिहरुले स्वदेश र विदेशका वैरभाव लिने तथा पृथकतावादी शक्तिको षडयन्त्रकमा लागेर जानाजानी विध्वम्स मच्याउंदै कुटपिट गर्ने , ध्वस्त गर्ने , लुटपाट गर्ने र आग्जनी गर्ने गम्भिर घटना हाकाहाँकी नै मच्याएका छन् । उनीहरुले तेह्र जना निर्दोष जन साधारणलाई मारिदिनुका साथै तीन सय जना जन साधारणलाई घाइते तुल्याएका छन् । त्यति मात्र नभएर उनीहरुले केही विद्यालय , अस्पताल , बैंक , सरकारी कार्यालय , व्यवसायहरुलाई आग्जनी गर्दै निकै हिंसात्मक कार्वाही गरेका छन् । उनीहरुको हिंसात्मक कार्वाहीले जन साधारणहरुको जीवन र धनसम्पतिलाई अति हानि गरेको छ साथै लाह्साको सामाजिक परिपाटी र सामाजिक स्थायित्वलाई पनि गम्भिर रुपमा हानि पुर्‍याएको छ। उक्त घटना भएपछि चीन सरकारले तुरुन्तै कानून बमोजिम कार्वाही गर्दै त्यस हिंसात्मक घटनालाई नियन्त्रणमा लिएको छ ।

             उक्त लेखका अनुसार, ठोस प्रमाणबाट के थाहा पाइएको छ भने यस हिंसात्मक कार्वाही विदेशमा रहेका तिब्बतको स्वतन्त्रताधर पृथकतावादी शक्तिले षडयन्त्र गरेर रचेका हुन् । यो घटना दलाई गुटले संगठनात्मक एवम् पूर्व षडयन्त्रकारी योजना अनुसार हौसला दिएको हो । पैचिंग ओलम्पिक खेलकूद समारोह र प्यारा ओलम्पिक खेलकूद समारोहको आयोजना हुन लागेको उपलक्ष्यमा चीनको स्थायी र एकताबद्ध सामाजिक र राजनीतिक परिस्थितिलाई विगार्दै तिब्बतलाई मातृभूमिबाट अलग्याउन खोज्ने उनीहरुको कुनियत हो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040