
लाह्सामा मार्च 14 तारिखका दिन भएको कुटपिट , ध्वस्त , लुटपाट , आग्जनी जस्ता घटनाका सम्बन्धमा कानून उल्लंघन गरेका तत्वहरुले बयान दिएका छन्। उनीहरुले दिएको बयानमा छन्यस गम्भिर हिंसात्मका घटना दलाई गुटले संगठनात्मक , षडयन्त्रपुर्ण रुपमा रचेको र प्रेरित गरेको हो भने स्वदेश र विदेशमा रहेका तिब्बत स्वतन्त्रताधर पृथकतावादी तत्वहरुले आपसी सांठगांठ गरेर रचेका हुन् भनेका छन्।
लिन चि क्षेत्रका द्रोल्मा भन्ने व्यक्तिले उक्त घटनामा भाग लिएको स्विकारेको छ । उसले तिब्बत स्वतन्त्रताधर पृथकतावादी तत्वले उसलाई पैसा दिएकोले आँफु लागेको बताएको छ । ती पृथकतावादी तत्वहरुले उसलाई दिएको निर्देशन अनुसार चीजबीजहरुलाई भताभंग गर्नुपर्छ र जती बढी भताभंग गरे , जती बढी कुटपिट गरे , जती बढी आग्जनी गरेमा बढी पैसा दिइन्छ ।
हुलदंगा मच्याउने मुख्य व्यक्ति- नावांग लांगजीले पाद्ब वटा खुद्रा व्यापार पसल खोलेको छ । पसलमा काम गर्ने छ जना व्यक्ति सबै नै जेलबाट रिहा गरिएका हुन् । त्यसपछि उनीहरु वास्तवीक रुपमा उनीहरु पृथकतावादी गतिविधिमा लागिपरेका हुन् । नावांग लांगजीको भनाइ अनुसार उसले आँफुले समाजमा कुनै काम नगर्ने तर केही मानिसहरुलाई पैसा दिएर उक्त काण्डमा लगाएको कुरालाई स्वीकारेको छ ।
|