
सिन्व्हा समाचार समितिले एकाइस तारिखका दिन लाह्सामा मार्च चौध तारिखका दिन भएको कुटपिट , ध्वस्त , लुटपाट र आग्जनी घटनाको वास्तविक अवस्थाको जानकारी गराएको छ । यथेष्ट प्रमाणबाट प्रमाणित भए अनुसार यो घटना दलाई गुटले रचेको हो ।

यस वर्षको जनवरी चार तारिखका दिन दलाई गुट मातहत पांच वटा चरमपन्थी संगठनले इन्टरनेट मार्फत तिब्बती जनताले ठुलो विद्रोह आन्दोलन गर्ने कुरा जारी गरेका थिए । यसका साथै दलाई गुटले विदेशमा हुने तिब्बतीहरुले तिब्बततीर जाइलाग्ने आन्दोलन पनि रचेको प्रमाणित भएको छ । मार्च सात तारिखका दिन भागुवा सरकारका दलाई तथाकथित सांसद मा चोस्फेलले चीनले सन् 2008को ओलम्पिक खेलकूद समारोहको आयोजना गर्ने मौका छोपेर विभिन्न कार्वाही गर्दै सन् 2008 वा आगामी दुई वर्षभित्र तिब्बतको समास्याको समाधान गर्न चीन सरकारलाई दबाव दिने कुरा गरेको छ ।

सन् 1959मा दलाई गुटले विद्रोह गरेपछि विफल भएर विदेशमा भागेको हो र त्यस बेलादेखि अहिलेसम्म कुने बेलामा पनि विद्रोह गर्ने र विगारिदिने कुकृत्यलाई बन्द गरेको छैन ।

|