china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजबाट ल्हासामा भएको हिंसात्मक गतिविधिमा संलग्नहरुलाई ऐनबमोजिम कारवाई गरेकोमा तिब्बत स्वायत्त प्रदेशको निरन्तर समर्थन
    (GMT+08:00) 2008-03-23 10:40:56    

          हालै अन्तर्राष्ट्रिय समाजले एकपछि अर्को गरी ल्हासामा भएको हिंसात्मक गतिविधिमा संलग्नहरुलाई ऐनबमोजिम कारवाई गरेकोमा तिब्बत स्वायत्त प्रदेशको निरन्तर समर्थन गरिरहेको छ।

          मौरिससका राष्ट्रपति आनेरुद जुँगलाउथले चिनियाँ राजदूत माओसित भेट गर्नुभई पृथकतावादी कर्तुत गर्ने छुट कुनै पनि मुलुकले दिंदैन र यसलाई स्वीकार पनि गर्दैन भन्दै मौरिससले चीन सरकारको अडानको समर्थन गर्ने कुरा बताउनुभयो।

          सुडानेली परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीन सरकारले ऐनबमोजिम आवश्यक कार्यकलाप गर्ने कुराको सुडान सरकारले समर्थन गर्दछ भन्नुभयो।

          मादागास्करका विदेश मन्त्री मार्सेल रानजेभाले चिनियाँ राजदूत मासँग कुराकानी गर्दै तिब्बतको कामकुरा चीनको आन्तरिक मामिला हो र यस कुरालाई पैचिंग ओलम्पिक खेलकुदसित गाँसेर हेर्ने कुराको मादागास्कर विरोध गर्दछ भन्नुभयो।

          बुरुण्डीका वैदेशिक विभागका पदाधिकारीले चिनियाँ राजदूतसित भेट गर्नुहुँदा ल्हासामा भएको हिंसात्मह घटनाको सारतत्व दलाइ गूटले रचेको राजनीतिक काण्ड हो र त्यसको कुनियत पैचिंग ओलम्पिक खेलकुदलाई बिथोल्नखोज्नु हो भन्नुभयो।

          साइप्रसका विदेश मन्त्री मार्कोस कीप्रिआनौले एक चीनको सिद्धान्तको समर्थन गरिरहने कुरा बताउनुभयो।

          त्यसैगरी मान्टेन निग्रो, डोमिनिकन र एन्टिग्वा एण्ड बापुदाले पनि आ-आफ्ना तर्फबाट ओलम्पिक खेलकुदलाई बिथोल्नखोज्ने वा यसलाई राजनीतिकरण गर्नखोज्ने कुनै पनि कुचेष्टाको विरोध गर्ने कुरा प्रष्ट पारेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040