china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ दूताबासका काउन्सिलरले नेपालका परराष्ट्र मन्त्रीसँग भेट गर्नुभएको छ।
    (GMT+08:00) 2008-03-24 20:03:15    

         नेपालको भूमिबाट चीनबिरोधी गतिबिधि भएकोमा चिन्ता प्रकट गर्दै चिनियाँ दूताबासका काउन्सिलर सि हुईले परराष्ट्र मन्त्री सहाना प्रधानसँग भेट गर्नुभएको छ। चिनियाँ दूताबासका काउन्सिलर हुईले गत बुधबार परराष्ट्र मन्त्री प्रधानलाई परराष्ट्र मन्त्रालय शितल निवासमा भेट गर्नुभएको हो।

             परराष्ट्र मन्त्रालयको चिनियाँ डेक्सका शाखा अधिकृत लोकबहादर श्रेत्रीले सि.आर.आई.लाई बताउनु भए अनुसार काउन्सिलर र मन्त्रीबीचमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो। चिनियाँ दूताबासका काउन्सिलर हुई केही दिनदेखि काठमाडौँमा चीन बिरोधी गतिविधि भएकोमा चिन्ता प्रकट गर्दै नेपाल सरकारसमक्ष स्पष्ट धारणा माग गर्नुभएको शाखा अधिकृत क्षेत्रीले सि.आर.आई.लाई बताउनुभयो। काठमाडौँमा बसोबास गरी विभिन्न व्यवसाय गरिरहेका चिनियाँ नागरिकको जिउधनको सुरक्षाका लागि पनि काउन्सिलरले परराष्ट्र मन्त्रीसँग चिन्ता प्रकट गर्नुभएको थियो।

             परराष्ट्र मन्त्री प्रधानले काउन्सिलर हुईलाई नेपाल सरकार सदैव एक चीनको नीतिलाई स्वीकार गर्ने तथा नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग गर्न नदिने नीतिमा अडिग रहेको बताउनुभएको थियो। नेपालमा हाल सात राजनीतिक पार्टीको संयुक्त सरकार भएको र परराष्ट्र मन्त्रालय नेकपा एमालेको भागमा परेको प्रस उल्लेख गर्दै नेकपा एमालले नेपालको भूमिबाट चीन बिरोधी गतिविधि भएकोमा भत्सर्ना गर्दै वक्तव्य आइसकेको पनि परराष्ट्र मन्त्री प्रधानले बताउनुभयो।

             नेपाल र चीन सधैँ असल छिमेकी मित्रराष्ट भएको तथा पारस्पारिक सहयोग महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशको सम्बन्धमा आँच आउने गतिविधिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने विश्वास पनि परराष्ट्र मन्त्री प्रधानले चिनियाँ दूताबासका काउन्सिलरलाई दिनुभएको कुरा शाखा अधिकृत क्षेत्रीले बताउनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040