केही वर्षदेखि यता चीनको तिब्बत स्वायत प्रदेशको पर्यावरणीय वातावरणको संरक्षणबाट ठूलो उपलव्धि हासिल गरिनुका साथै पर्यावरणीय सभ्यताबाट नयाँ उपलव्धि हासिल गरिएको कुरा जनाइएको छ। हालसम्म तिब्बत निरन्तररुपमा विश्वका वातावरण स्तर सबैभन्दा राम्रो भएका क्षेत्रहरुमध्येको एक बनेको छ।
प्राप्त जानकारीअनुसार, सन 2007 मा तिब्बतले वातावरण संरक्षणका लागि पचास करोड युआन लगानी गरेको छ जुन सन 2006को तुलनामा तीस प्रतिशतले बढी हो।
हाल तिब्बतमा अठतीसवटा विभिन्न स्तरीय प्राकृतिक आरक्षण क्षेत्र स्थापित भइसकेको छ जसको क्षेत्रफल चार लाख वर्ग किलोमिटरभन्दा बढी पुगेको छ जुन तिब्बतको कूल क्षेत्रफलको एक तिहाइ हो।
|