
जर्मनीको आर टी एल टी भीको वेभ-साइटले एउटा वक्तव्य प्रकाशित गरी तिब्बतमा उत्पन्न भएको हिंसात्मक घटनाबारे आफ्नो वेभ-साइटमा सार्वजनिक समाचार सत्य कुरासित नमिलेको भन्ने कुरामा सहमति जनाएको छ।
आर टी एलको वेभ-साइटले केही दिन अघि चारजना प्रहरीले लट्ठीले प्रहार गर्दै जुलुसमा सहभागीहरुलाई धपाइरहेको फोटो छापेर त्यसको छेउमा "चिनियाँ प्रहरी तिब्बतमा प्रतिरोधीहरुमाथि दमन गर्दछन" भनेर लेखेको छ। हिजो तेईस तारिखका दिन त्यसको छेउमा लेखिएको व्याख्या गल्ती भएको कुरालाई स्वीकार गरिएको छ।
वास्तवमा, उपर्युक्त फोटो मार्च सत्र तारिखका दिन नेपाली प्रहरीहरुव्दारा काठमान्डौंमा प्रदर्शनकारीहरुलाई धपाइरहेको अवस्थाको फोटो हो।
|