china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका विभिन्न जातिका जनताव्दारा आ-आफ्नो ज्यू-ज्यानबाट राष्ट्रिय एकताको संरक्षण
    (GMT+08:00) 2008-03-24 15:58:34    

            मार्च चौध तारिखा दिन निकै अल्पसंख्यक अपराधीहरुले चीनको तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा बिगार्ने, कूटपीट गर्ने, लूटपाट गर्ने र आगो लगाउने गरी हिंसात्मक घटनाहरु रचेका थिए। त्यस अवसरमा ल्हासामा बसोबास गर्ने विभिन्न जातिका नागरिहरुले आ-आफ्नो खतराको वास्ता नगरी एकले अर्कालाई सहायता दिई आ-आफ्नो व्यावहारिक कर्मव्दारा राष्ट्रिय एकताको संरक्षण गरेका थिए।

             त्यस अवसरमा जन-अस्पतालका चिकित्सक लोसेले घाइते भएकाहरुलाई उद्धार गर्दा उहाँ पनि आक्रमणमा पर्नुभयो। त्यस बेला उहाँले घाइते भएकालाई बेसरी आफ्नो छातिमा बोक्दा अपराधीहरुव्दारा ढुंगाबाट उहाँको टाउकोमा प्रहार गरिएको थियो। त्यसरी उहाँको अनुहारको हड्डी भाँचियो र उहाँलाई रिंगटा लाग्यो। त्यसरी अपराधीहरुले जबरजस्ती पसलहरुका ढोका फोडेर लूटपाट गर्दा तिब्बतीहरुले पसलेहरुलाई आ-आफ्नो घरमा लुकाएका थिए र मालसामानहरु अरु ठाउँमा सार्न मद्दत गरेका थिए। तिब्बती नागरिहरुले के कुरा गर्दैआएका छन् भने मानिसहरु जहिले पनि खतरा भएका बेला हाम्रा घरमा लुक्नसक्छन्। खतरा हुनबाट जोगाउन हामी सँगैसँगै बसेर खान सक्तछौं।

             तिब्बतीहरु खतराजनक अवस्थामा अरु जातिका नागरिकहरुले पनि अघि सरी उनीहरुलाई उद्धार गरेका थिए। हान जातिको फङ्ग बि स्या नाउँको एकजना महिलाले आफ्नो घरमा दगुरिरहेको दुईजना तिब्बती केटाहरुलाई लुकाएकाले अपराधीहरुले उक्त महिलाको एउटा कान काटेका थिए। तर उनले पछुतो नगरी के भनिन भने एउटा कान नभए पनि दुईजना मान्छेको ज्यान जोगाएकी छु मैले।

             तिब्बती सामाजिक वैज्ञानिक प्रतिष्ठान अन्तर्गत धार्मिक अनुसन्धनालयका प्रमुख शिरिङ्ग ग्याल्पोले हामीले आफ्नो आँखालाई माया गरेझैं जोडतोडसित राष्ट्रिय एकतामाथि महत्व दिंदैआएका छौ‍ र दिदैजाने छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040