चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले हिजो अमेरिकी विदेश मन्त्रलालयले व्यक्त गरेको पैचिङ्ग ओलम्पिक खेलकूद हेर्ने अमेरिकी दर्शकहरु नियन्त्रणमा पर्ने सम्भावना रहेको विषयसम्बन्धी पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभयो।
अमेरिकी विदेश मन्त्रालयले गत बीस तारिखका दिन प्रकाशित पैचिङ्ग ओलम्पिक खेलकूद हेर्नेहरुलाई दिने निर्देशनमा पैचिङ्गका सबै होटेल तथा कार्यालय भवनहरु नियन्त्रणमा पर्ने सम्भावना रहेको चेतावनी दिइएको छ। अमेरिकी दर्शहहरुको गोपनियतालाई प्रत्याभूत गर्न गाह्रो भएको कुरा पनि उक्त निर्देशनमा उल्लेख गरिएको छ। उक्त विषयबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै श्री छिन काङले चीनको सार्वजनिक ठाँउहरु तथा होटेल एवम् कार्यालय भवनमा जडान गरिएका उपकरणहरु अन्तर्राष्ट्रिय समाजद्बारा स्वीकार गरिएको सुरक्षासम्बन्धी मापदण्डअनुकुल भएको जानकारी दिनुभयो। यसका साथै, उहाँले चीनमा कानूनवमोजिम मानिसहरुको गोपनियताको प्रत्याभूत गरिनेभएकाले विदेशी पर्यटकहरुले चिन्ता गर्नुनपर्ने कुरा स्पष्ट पार्नुभयो।
उहाँले अमेरिकी विदेश मन्त्रालयद्बारा प्रकाशित निर्देशनमा उल्लेख गरिएको विषय गैह्र-जिम्मेवार भएको दाबी गर्नुभयो।
|