अहिलेसम्म मार्च चौध तारिखका दिन ल्हासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनामा बिग्रिएको विजुली, दूर-सञ्चार तथा केबल टेलिभिजन लगायतका सार्वजनिक प्रबन्ध आधारभूतरुपमा पुन: सामान्य भएका छन।

मार्च चौध तारिखका दिन ल्हासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनामा ल्हासा शहरको बाह्र दशमलब पाँच किलोमिटर विद्युत लाइन बिग्रिएको थियो। ल्हासाको सबैभन्दा ठूलो विद्युत व्यवसाय हल गम्भिरताका साथ बिग्रिएको थियो। यसका साथै, हिंसात्मक घटनाबाट ल्हासा शहरको टेलिफोन तथा इन्टरनेट सेवाका हजारौं ग्राहकहरु प्रभावित भएका थिए भने केही केबल टेलिभिजनको लाइन जलेका थिए। सम्बन्धित विभागको मर्मतमार्फत अत्यधिक बासिन्दा तथा व्यवसायका लागि विजुलीको आपूर्ति पुन: सामान्य भएको छ। बन्द भएको दूर-सञ्चार तथा बिग्रिएको केबल टेलिभिजनको लाइन आधारभूतरुपमा पुन: सामान्य भएको छ।
|