china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा शान्तिको पुनर्स्थापना
    (GMT+08:00) 2008-03-24 20:56:30    

          मार्चको मध्यतिर दालाइ गूटको उक्साहटमा चीनको तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा अल्पसंख्यक गुम्बाका केही लामाहरुले हुल-दङ्गा गरेर त्यहाँको सामान्य सामाजिक जीवनमा गम्भीर असर पारेका थिए। उपर्युक्त घटना भएपछि तिब्बत स्वायत्त प्रदेश सरकारले तुरुन्तै केही आवश्यक कदम चालेर उक्त हिंसात्मक गतिविधिमाथि संलग्न व्यक्तिका कुकर्महरुमाथि ऐन-कानूनअनुसार प्रहार गर्दैआएको छ। परिणामस्वरुप, अहिले ल्हासाको सामाजिक वातावरण पहिलेको जस्तै शान्त भैसकेको छ। अब त्यहाँको परिस्थितिको अवलोकन गरिरहेका पत्रकारको एउटा प्रतिवेदन सुनौं-

             तेईस तारिखका दिन पत्रकारले ल्हासाको एउटा रमाइलो बजारका दुई सयभन्दा बढी पसलहरु खुलिसकेका देखेका छन। त्यसका अतिरिक्त, सार्वजनिक उद्यानहरु र मैदानमा जताततै हावा खान आएका मानिसहरु र विदेशी यात्रीहरु देख्नपाइन्छ। इटालीबाट आएका श्री गुज्मानले मार्च चौध तारिखका दिन उहाँले आफ्नै आँखाले ल्हासामा उत्पन्न भएको गम्भीर घटना देख्दा एकदमै डर लागेको तर अहिले भने ल्हासाको सामाजिक अवस्था सामान्य भइसकेको कुरा बताउनुभएको छ। उहाँ भन्नुहुन्छ-

             अहिले म केही साथीहरुलाई भेट्ने तयारी गर्दैछु। आजै विहान हामीले बजारमा केही साग किनेका थियौं, होटेलमा गएर खाइसक्यौं, र हावा खान बाहिर निस्क्यौं।

             स्वीडेनबाट आएका श्री याङ्ग फिस देरेक भ्रमणका लागि एक महिनाअघि साइकलव्दारा ल्हासामा आउनुभएको हो। उहाँ बस्नुभएको होटेल पर्ने सडक युवा सडक हो। त्यो सडक यस पटक घटना भएका सबैभन्दा खतरनाक ठाउँहरुमध्येको एक हो। उहाँले पत्रकारलाई के कुरा बताउनुभएको छ भने, मार्च चौध तारिख दिउँसो आफ्नो कोठमा केही मानिसहरुले चर्को श्वरमा कराइएको सुनेको थिएँ। अनि त्यसपछि नगरका धेरै ठाउँहरुबाट धुँवा आइरहेको देखेको थिएँ। उहाँको भनाइअनुसार, उहाँ बाहिर जानुभयो र हुल-दङ्गा गर्नेहरुले बिगार्ने, लूटपाट गर्ने र आगो लगाउने काम गरिरहेको देख्नुभयो। यताका दुई/तीन दिनदेखि ल्हासाको वातावरण शान्त हुनथालेको छ। शान्त भएपछि ल्हासा नगर फेरि अझै पनि सुन्दर देखिएको छ।

             पन्ध्र र सोह्र तारिखका दिन प्रहरीहरु सडकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा जुटेका थिए। अहिले बजारमा जाँदा त्यहाँ पहिले कुनै घटना भएको थियो भन्न नसकिने अवस्था छ।

             पछिल्ला केही दिनमा ल्हासाका हाट-बजार र विशाल बजारहरु सामान्यरुपमा खुलिसकेका छन। एउटी केटी सुश्री स्यूङ्ग भन्छिन्-

             म यहीं नजिकै काम गर्छु। केही चीजबीजहरु किन्न म बारम्बार पाइ यी बजार आउँछु। यताका दुई दिनदेखि यहाँ आएका ग्राहकहरुको संख्या पहिलेको जस्तो धेरै छ। मालसामानहरु विविध किसिमका छन। मुख्य कुरा, ती मालमासानहरुको मोलमा कुनै परिवर्तन छैन।

             ल्हासामा उत्पन्न भएको घटनामा धेरै विद्यालयहरु अपराधीहरुका निशाना बनेका थिए। ल्हासा नगरको हाइ छङ्ग विद्यालय भवनमा अपराधीहरुव्दारा प्रहार गरिएको थियो। केटा-केटीहरुको सुरक्षा गर्नका लागि बन्द भई तीन दिन विदाको व्यवस्था मिलाइएको थियो। अहिले घामको किरणमा उक्त विद्यालय पहिलेको जस्तै एकदमै रमाइलो देखिन्छ। उक्त विद्यालयका शिक्षक न्यीमा छिरिङ्ग भन्नुहुन्छ-

             मार्च चौध तारिखका दिन उत्पन्न भएको घटनामा शहर क्षेत्रमा साढे बाह्र किलोमिटर क्षेत्रमा विद्युत लाइन क्षतिग्रस्त पारिएको थियो। त्यसको कारण इन्टरनेट, टेलिफोन र टी भी लाइन पनि आगोले गर्दा जलेको थियो। सम्बन्धित एकाइहरुको सक्दो प्रयासमा जीर्णोद्धार गरेपछि अहिले ल्हासा नगरका धेरैजसो बासिन्दाहरु र ब्यापारीहरुलाई फेरि विजुली वितरण गरिसकिएको छ र बिग्रिएका सञ्चार माध्यमका लाइन आधारभूत रुपमा सञ्चालनमा ल्याइसकिएको छ।

              ल्हासा नगरका मुख्य सडकहरुमा ट्याक्सी र बस बेरोकटोक चलिरहेको देखिन्छ। पोताला दरबार अगाडिको मैदानमा माने घुमाउने र पूजा गर्नेहरु झन-झन बढ्दैआएका देखिन्छ। ल्हासा नगरका प्रमुख दोर्जे छेद्रुप भन्नुहुन्छः

              यस घटनाका रचनाकार, संगठक र त्यसमा सहभागी भएका अपराधीहरुलाई हामी ऐन-कानून अनुसार दृढ्ताकासाथ कारवाही गर्नेछौं, र हामी यस मामिलामा नम्र बन्नेछैनौं। ल्हासाको शान्तिपूर्ण र स्थिर सामाजिक परिस्थितिको संरक्षण गर्नसक्ने विश्वास र संकल्प हामीसँग छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040