china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको बालिएको
    (GMT+08:00) 2008-03-24 21:01:51    
        आज अर्थात मार्च चौबिस तारिखका दिन 2008 पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको ग्रीसको ओलम्पियामा बालिएको छ। यो पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको घुमाइने कार्यक्रम शुरु भएको प्रतीक हो। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले ओलम्पियाबाट पठाउनुभएको सम्बन्धित विवरणः

              ग्रीसको स्थानीय समय अनुसार, आज अर्थात मार्च चौब्बीस तारिख विहान एघार बजेर तीस मिनेट जाँदा पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको बालिने समारोह प्राचीन ओलम्पिया भग्नावशेषमा रहेको आगीभ हेराइन मन्दिर अगाडि आयोजित भएको छ। ग्रीसको परम्परागत सेता पोशाक लगाएका बीसजना महिला पुरेत दुइ लाइनमा उभिएर वेदीलाई घेरे। ग्रीसका सर्वोच्च महिला पुरेत मारिया नाफपलीऔतौले पवित्र आगो राखिने कचौरा हातमा राखी वेदीको केन्द्रीय क्षेत्रमा ठूलो आवाजमा सूर्य देउता आपोलो सम्बन्धी सूत्र सुनाउनुभएको छः

              सूत्र सुनाउनुभएपछि सर्वोच्च महिला पुरेतले राँको सल्काउनुभएको छ। यो पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको सल्काउने काम सफल भएको प्रतीक हो। आजदेखि पछिका एक सय तीस दिनमा पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको विभिन्न मुलुक तथा क्षेत्रबाट आएका बीस हजारजनाद्बारा विश्वका पाँचैवटा महादेशमा घुमाइएर विश्वमा शान्ति, मित्रता तथा उत्साहको सन्देश पुर्‍याइने छ। आगामी अगष्ट आठ तारिख बेलुकी पवित्र राँको पैचिङ्ग ओलम्पिक खेलकूदको उद्धाटन समारोह आयोजना हुने ठाँउ पुर्‍याई ओलम्पिक खेलकूदको मुख्य राँको बालिने कार्यक्रम छ।

              आज आयोजित पवित्र राँको सल्काउने समारोहमा ग्रीस ओलम्पिक खेलकूद समितिका अध्यक्ष मिनोस कीरीआकौले सम्बोधन गर्दै भन्नुभएको छः

            "सन् 2008 ओलम्पिक खेलकूदको पवित्र राँकोले विश्वमा सबभन्दा ठूलो परिधिमा ओलम्पिक भावना तथा खेलकूदको मूल्यको प्रचार-प्रसार गर्ने मेरो आशा छ। पवित्र राँकोले खेलाडीलाई भेला गराई सबभन्दा राम्रो उपायमार्फत पैचिङ्ग ओलम्पिक खेलकूदलाई अघि बढाइने मेरो अपेक्षा छ। यसका साथै, चिनियाँ साथीहरुसमक्ष उनान्तीसौं ओलम्पिक खेलकूद सफल होस भन्ने हाम्रो इच्छा व्यक्त गर्दछु।"

             ओलम्पिक खेलकूदको पवित्र आगो विभिन्न मुलुकबाट आएका, विभिन्न किसिमका भाषा बोल्ने, विविध विश्वास लिने र विभिन्न जातिका मानिसहरुले साझारुपमा खेलसम्बन्धी प्रतियोगितामा भाग लिने र विश्वको शान्ति र माया भन्ने लक्ष्यलाई साकार तुल्याउने प्रयास गरिरहेको द्योतक हो। अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष ज्याक रोगेले पवित्र राँको सल्काउने समारोहमा बोल्दै भन्नुभएको छः

            " हरेक मान्छेले पवित्र आगोको अर्थ बुझ्ने मेरो दिलैदेखिको आशा छ। पवित्र राँकोले जहाँ पुगे पनि त्यहाँका मानिसहरुलाई मित्रता तथा शान्तिको सूचना दिनुका साथै भविष्यप्रति मानिसहरुको अपेक्षालाई प्रोत्साहित गर्ने मेरो विश्वास छ। ओलम्पिक खेलकूद तथा पवित्र राँको घुमाइने कार्यक्रम शान्तिपूर्ण वातावरणमा चलाइनुपर्छ। ओलम्पिक खेलकूदको राँकोले सबै खेलाडी लगायत विश्वका मानिसहरुलाई जोड्नुका साथै ओलम्पिक भावना तथा खेलको भावनासम्बन्धि विश्वास लिएका हामीसँग पनि सम्पर्क गर्दछ। मानिसहरुलाई एकता गराउने पवित्र राँको मेलमिलापको प्रतिनिधित्व गर्दछ।"

              सन् 2008 ओलम्पिक खेलकूद संयोजक शहरबाट आउनुभएका प्रतिनिधि पैचिङ्ग ओलम्पिक खेलकूद संयोजन समितिका अध्यक्ष लीउ छीले उक्त समारोहमा ग्रीसका जनता तथा सरकारले पैचिङ्ग ओलम्पिक खेलकूदलाई समर्थन तथा सहयोग दिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छः

            "ग्रीसका जनता तथा सरकारले पैचिङ्ग ओलम्पिक खेलकूदलाई समर्थन तथा सहयोग दिएकोमा हामी यहाँनिर धन्यवाद ज्ञापन गर्दछौं। ओलम्पिकको पवित्र आगोको निर्देशनमा चीन, ग्रीस लगायत विश्वका विभिन्न मुलुकका जनताको संयुक्त प्रयासमा हामी विशेषतायुक्त, उच्चस्तरीय ओलम्पिक खेलकूदको आयोजना गर्ने विश्वास गर्दछौं। ओलम्पिकको पवित्र आगो र सूर्य सँगसँगै रहिरहोस र पवित्र आगोले मानव जातिले शान्ति, मित्रता तथा प्रगति भन्ने लक्ष्यतिर प्रयास गर्ने यात्रालाई उज्यालो पार्ने हाम्रो आशा छ। "

              पवित्र राँको सल्काउने कार्य सम्पन्न भएपछि ग्रीसका सर्वोच्च महिला पुरेतले ग्रीसका प्रसिद्ध खेलाडी एलेक्चान्दर नीक्लादाएसको हातमा भएको पैचिङ्ग ओलम्पिक खेलकूदको राँको सल्काएपछि ग्रीसकै भाषामा भन्नुभएको छः विश्वका मानिसहरुलाई भनिदिनोस, ओलम्पिक खेलकूद आउन लागेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040