china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा भएको विरोध प्रदर्शनलाई लिएर नेपालमा बढाई चडाई प्रचार भएकोबारे ।
    (GMT+08:00) 2008-03-24 14:40:05    

                 केही दिन अघि चीनको स्वसाशित क्षोत्र तिब्बतमा भएको दलाई लामारा प्रायोजित विरोध प्रदर्शनको विषायलाई लिएर केही दिनयता नेपालका विभिन्न सञ्चार माध्यमहरुले अनर्गल प्रचार प्रसारको शैली अपनाएकाछन् । चीनको विरोध गर्नका लागि अपनाइएका यस्ता प्रचारहरुमा तिब्बत छुट्टै राज्यको रुपमा हुनुपगर्ने कुरालाई उठाइएको देखिन्छ, जुनकुरा सरासर चीनको आन्तरिक मामिलामा हस्तक्षोप हो भने एक चीनको नीति विपरितको कुरा हो ।नेपालमा निजी क्षेत्रबाट सञ्चालित एभेन्यूज टेलिभिजनले हिजो सा"झको प्रशारणामा आधा घण्टाको कार्यक्रम तिब्बत विशेषा बनाएर प्रशारणा गरेको थियो । जसमा स्वतन्त्र तिब्बतको पक्षामा कपोलकल्पित भनाईहरुलाई प्रसारणा गरिएको थियो । भगौडा र पृथकतावादी गुटको नाइके दलाई लामालाई तिब्बती निर्वासित सरकार प्रमुखको रुपमा उदृत गरिएको थियो भने आगामी अगष्ट महिनामा पैचिङमा आयोजना हुने गि्रष्मकालीन ओलम्पीकलाई असफल बनाउने उद्धेश्यले अफवाह फैलाउने काम गरिएको थियो । यसैगरी तिब्बतमा भड्केको दंगा नियन्त्रणा गर्न चिनिया सरकारले घातक तथा विषालु हतियार प्रयोग गरेको भनी भ्रामक प्रचार प्रसार गगर्ने प्रयत्न पनि गरिएको छ । चीन सरकारले आधिकारीक रुपमा उपलब्ध गराएको तिब्बतमा भड्केको हिंसामा मृत्यू हुनेको संख्या पनि जथाभावी रुपमा 130 तथ्या दिइएकोछ । नेपाल स्थिति चिनिया दुतावासले दिएको सूचनालाई छायामा पारेर आफ्नै मनोमानी ढंगले सुचना सम्प्रेषाणा गगर्ने काम गरिएको छ ।नेपाल सरकारले लिएको 'एक चीन'को नीति विपरित यसरी छिमेकी मुलुकको आन्तरिक मामलालाई नाजायज रुपमा भड्काउने र उक्साउने सञ्चार माध्यमहरुलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न हामी नेपाल सरकारलाई आग्रह गर्दछौं । अहिले चीनसंग जोडिएका सिमा क्ष्त्रमा कडा सुरक्षा कायम गरिएको कुरा सकारात्मक छ । तिब्बतमा 1 दर्जनभन्दा बढि मानिसहरुको ज्यान जाने गरी भएको हिंसाका दोषीहरुलाई नियन्त्रणामा लिई चिनिया कानून अनुसार कडा कारबाही हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । नेपालबाट प्रकाशन हुने केही निजी क्षोत्रका पत्रपत्रिकाले पनि नियोजित ढंगले तिब्बत सम्बन्धी समाचारलाई बंगाएर छाप्ने गरेको पाइएकोछ । नेपालमा रहेका तिब्बतीहरुले काठमाण्डौ लगायत देशका विभिन्न भागमा गरेका विरोध प्रदर्शनलाई रोक्न प्रहरीले आवश्यक भन्दा बढि बल प्रयोग गरेको भनी हल्ला मच्चाएकाछन् । जवकी ति पत्रपत्रिकाले चिनिया दुतावासले प्रकाशन गरेको प्रेस विज्ञप्तीलाई वेवास्ता गरिरहेकाछन् । यो सरासर पत्रकारिताको धर्म तथा आचरणा विरोधी कुरा हो । दलाई लामा र अमेरिकीहरुको पिछलग्गु भएर, तिनको पैसा खाएर उनीहरुलाई खुशी पार्न गरिएका यस्ता प्रयासहरु समय आएपछि आफै नाङ्गिने कुरामा कुनै शंका छैन । हामी नेपाल र विदेशबाट प्रशारणा तथा प्रकाशन हुने सञ्चार माध्यमहरुलाई निष्पक्षा रुपमा सत्य तथ्यको धरातलमा रहेर समाचार प्रेषाणा गर्न हार्दिक अपिल गर्दछौं ।

    राजेन्द्र पहाडी

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040