china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा आयोजना हुने छैँटौँ चिनियाँ शैक्षिक प्रदर्शनी स्थगित भएको छ।  
    (GMT+08:00) 2008-03-25 15:53:52    

         आउँदो 29 तारिखदेखि 31 तारिखसम्म काठमाडौँमा हुने भनिएको छैँटौँ चिनियाँ शैक्षिक प्रदर्शनी स्थगित भएको छ। अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनु भए अनुसार वर्तमान अवस्था प्रतिकूल भएकाले शैक्षिक प्रदर्शनीलाई स्थगित गरिएको हो।

              नेपालको भूमिबाट चीनबिरोधी गतिविधि भएको तथा कतिपय अवस्थामा चिनियाँ पाहुनाका लागि सुरक्षाको प्रत्याभूति हुन नसक्ने अवस्था भएको हुनाले शैक्षिक प्रदर्शनीलाई स्थगित गर्नुपरेको समाजका अध्यक्ष शाहले बताउनुभयो। केही दिन अगाडि काठमाडौँका केही भागमा चीन बिरोधी त्रिक्रियाकलापहरु भएका थिए। अहिले पूर्ण रुपमा चीन बिरोधी गतिविधिलाई सरकारले नियन्त्रण गरेको भए पनि यस्तो परिस्थितिमा चिनियाँ पाहुनालाई निमन्त्रणा दिन उचित नभएको आफूले ठानेको समाजका अध्यक्ष डा. शाहले बताउनुभयो।

              नयाँबानेश्वरको बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने भनिएको छैँटौँ चिनियाँ शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न 19 वटा विश्वविद्यालय र क्याम्पसका 44 जना प्रतिनिधिहरुले भाग लिने बताइएको थियो। अरनिको समाजले चिनियाँ दूताबाससँग मिलेर काठमाडौँमा हरेक वर्ष चिनियाँ शैक्षिक प्रदर्शनी गर्ने गरेको छ। यो वर्ष चिनियाँ शैक्षिक प्रदर्शनीलाई स्थगित गर्नु अत्यन्त दु:खको कुरा भएको अरनिको समाजका अध्यक्ष डा. शाह बताउनुहुन्छ।

              काठमाडौँमा आयोजना गरिने चिनियाँ शैक्षिक प्रदर्शनीले चीनमा पढ्‍न चाहने नेपाली विद्यार्थीहरुलाई प्रोत्साहन र हौसला थप्ने गर्दछ। नेपाली विद्यार्थी तथा अभिभावकलाई चिनियाँ विश्वविद्यालय र विषय छान्नका लागि एउटै छानामुनि सबै खालको चिनियाँ शैक्षिक प्रदर्शनीले विगतका वर्षहरुदेखि नै अमिट छाप छोड्‍दै आएको थियो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040