
पैचिंग 2008 ओलम्पिक खेलकूदको पवित्र ज्वाला हिजो ग्रीसको ओलिम्पियामा सल्काइयो । त्यसपछि पैचिंग ओलम्पिक खेलकूदको राँको रिले गर्ने कार्यक्रम शुरु भयो। सोही दिनको राति पवित्र आगो ओलिम्पियाबाट उत्तर-पश्चिमी भागतर्फ एक सय तीस किलोमिटर टाढा मेसौलौजी शहरमा पुगी पहिलो दिनको कार्यक्रम सम्पन्न भयो।
ग्रीसको ओलम्पिक खेलकूद तयारी समिति र स्थानीय सरकारले स्थानीय समय राती साढे आठ बजे मेसौलौजी शहरको केन्द्रीय उद्यानमा पैचिंग ओलम्पिक पवित्र ज्वालालाई स्वागत गर्नकालागि भव्य समारोहको आयोजना गरेको थियो।
|