china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सार्वजनिक सुरक्षा अँगव्दारा मार्च महिना चौध तारिखकाका दिन ल्हासामा उत्पन्न भएको घटनामा आगो लगाएका दुई जना शंकास्पद अपराधीलाई पक्राउ गरिएको
    (GMT+08:00) 2008-03-25 18:04:09    

          चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले चौबीस तारिखका दिन पैचिङ्गमा पत्ररकार सम्मेलनको आयोजना गरी केही दिनअघि तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा दुई पटक आगो लगाइएको घटनामा परी अनेकौं मानिसहरु मरेको कुराबारे चियो-चेवा गरेको अवस्था सार्वजनिक गरेको छ। उक्त घटनासित सम्बन्धी पाँच जना शंकास्पद अपराधीहरुलाई पनि पक्राउ गरिएको छ। सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता शान हूए मिनले के कुरा व्यक्त गर्नुभएको छ भने हाल उक्त " मार्च चौध " नाउँको घटना साम्य भैसकेको छ र ल्हासा नगरको सामाजिक अवस्था पनि आधारभूत रुपमा पुनर्स्थपना भइसकेको पाइन्छ। ऐन-कानूनका अनुसार उक्त घटनाको सुव्यवस्था भएको सम्पूर्ण क्रममा सार्वजनिक सुरक्षा अङ्ग प्रहरी र सशस्त्र प्रहरीहरुले शुरुदेखि अन्तसम्म निकै संयमतापुर्ण तवरबाट समश्या समाधानमा कुनै घातक हात-हतियारहरुको प्रयोग गरेका थिएनन्। अब त्यसबारे एउटा प्रतिवेदन सुनौ‍।

               मार्च चौध तारिखका दिन ल्हासामा हुल-दङ्गा उत्पन्न भएको थियो। ल्हासा नगरमा " यी ठुन लुगा फाटा विशेष पसल"माथि आगो लगाइएको घटना र दाच जिल्ला मोटर-साइकल विशेष पसलमाथि आगो लगाइएको घटनामा परी अनेकौं निर्दोष सर्व*साधारणहरु हताहत भएका थिए। त्यसबारे प्रवक्ताले जनकारी दिंदै भन्नुभयो-

               हाल ल्हासा नगरको सार्वजनिक सुरक्षा अंगले अघि पछि गरी " यी ठुन लुगा फाटा विशेष पसल"मा आगो लगाउने तीन जना शंकास्पद अपराधी र दाच जिल्ला मोटर-साइकल विशेष पसलमाथि आगो लगाउने दुई जना शंकास्पद अपराधीलाई पक्राउ गरेको छ। प्राथमिक रुपमा मुद्दा चलाइने क्रममा ती अपराधीहरुले आ-आफ्नो अपराध स्वीकार गरिसकेका छन्।

               प्राप्त जनकारीका अनुसार चौध तारिख दिउँसो दुई बजेर तीस मिनेटतिर छिमे ल्हाजोम र बेन गी नाउँ आदि तीन जना अपराधीहरु उक्त " यी ठुन लुगा फाटा विशेष पसल" आइपुगे। त्यसबेला पसलको ढोका अरु अपराधीहरुव्दारा खुला पारिसकिएको थियो र त्यहाँका धेरैजसो मालसानहरु लूट-पाट भईसकेका थए। तर ती तीन जना अपराधीहरुले लाइटरव्दारा तीन पटक पसलमा आगो लगाउनुका साथै बांकी रहेका चीजबीजहरु लूटपाट गरेका थिए। निकै गम्भीर अवस्थामा रहेका तर बाहिर निस्कन नपाएका तिब्बत र हान जातिका पाँच जना केटीहरुलाई आगोव्दारा जलाइएको थियो।

              आगो लगाइएको अर्को एउटा घटना चाहिं मार्च पन्ध्र तारिख साँझ दश बजेतिर लोयार नाउँ आदि अपराधीहरुले ल्हासाको दाज जिल्लाको द छिङ्ग बस्तीमा हुल-दंगा गरी त्यहाँका प्रहरीहरुलाई कूटपीट गरेपछि फेरि एउटा मोटर-साइकल विशेष पसल गई काङ्गजुग नाउँको अर्को एक जना अपराधीसंगै मिलेर जबरजस्ती पसलको ढोका खोलेर आगो लगाएका थिए। उक्त पसलमाथि आगो लागेपछि छेउको रोटी पसलबाट दुई वटा ग्याँसको सिलसन्डर ल्याई मोटर-साइक पसलमा फ्याँकेका थिए। दुर्भाग्यवश दुई तलामा लुकेका पाँच जना व्यक्तिहरु मरेका थिए। तिनमा दुई जना मर्मत कर्मचारी समेतका एक जोडी र उनीहरुको आठ महिना मात्र भएको एक बच्चा पनि मारिएको थियो। प्रवक्ता शानले भन्नुभयो

               ती पाँच जना अपराधीहरुको कुकर्मले चीनको ऐन-कानूनलाई नाघिसकेको छ। यी दुई वटा आगो लगाइका घटनाबाट स्पष्ट छ कि " मार्च चौध" को घटना चाहिं " शान्तिपूर्ण प्रदर्शन" वा " शान्तिपूर्ण विरोध " पट्कै होइन। त्यो त पूराका पूरै गम्भीर आतंककारी आपराधीक घटना नै हो।

               ल्हासामा उत्पन्न भएको घटनामा सहभागी भएका अपराधीहरुले के कुरा प्रष्ठ पारेका छन् भने उक्त हुल-दङ्गा चाहिं दालाइ गूटबाट संगठनात्मक, पूर्व-निर्धारित र योजनावद्ध तवरबाट उक्साई चीनभित्र र चीनबाहिरका " तिब्बती स्वतन्त्र" पृथकता वदीहरुको सांठगांठबाट मच्चाएको हो। श्री शान व्है मिनले भन्नुभयोः  

               उनीहरुको कूनियत चाहिं हुल-दङ्गा गरी सन् 2008 पैचिङ्ग ओलिम्पिक खेलकुद समारोहलाई भाताभुङ्ग गर्नुका साथै चीनका शान्तिपूर्ण र एकतावद्ध राम्रो परिस्थितिलाई बिगारी मातृभूमिलाई फुटाउने कूनियत हो।

              उक्त हुल-दङ्गा उत्पन्न भएपछि तिब्बत सरकारले तुरुन्तै आवश्यक कदमहरु चाली ऐन-कानूनअनुसार अपराधीहरुलाई कारवाही गर्दै आएको छ।

               प्राप्त जनकारी अनुसार उपर्युक्त घटनामा जम्मा गरी दुई सय बचालीस जना सार्वजनिक सुरक्षा प्रहरी र सशस्त्र प्रहरी घाइते भएका छन्। ती मध्ये तेईस जनाको अवस्था एकदमै गम्भीर रहनुका साथै एक जनाको मृत्यूसमेत भएको छ।

               हाल उक्त दुई वटा आगो लगाइएको घटनाबारे अझै पनि मुद्दा चलाइरहेको समाचार छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040