चीनका सञ्चार माध्यमका विशेषज्ञले पश्चिमी मुलुकका केही सञ्चार माध्यमले लासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनासम्बन्धी समाचारमा वास्तविक कुरालाई बंग्याएको कुरा वताउनुभयो।

चिनियाँ जन-विश्वविद्यालयका प्राध्यापक कु छांग लिंग तथा चिनियाँ सामाजिक वैज्ञानिक प्रतिष्ठान अन्तर्गत प्रेस तथा प्रसारण अनुसन्धान कार्यालयका प्रमुख यिन युन कुंगले चीन सरकारले उक्त हिंसात्मक घटना गराइएपछि तुरुन्तै वास्तविक कुराको घोषणा गर्नुका साथै चीन सरकारका नेताहरुले दलाइ समूहको खुला रुपमा खण्डन गर्नुभएको कुरा वताउनुभयो। चीनको यस कदमले अन्तर्राष्ट्रिय समुदायको समर्थन पाएको छ।

उहाँहरुले तिब्बती जनता शान्ति तथा स्थिरताका पक्षपाति भएको कुरा बताउँदै वास्तविक कुरा थाहा नपाएका पश्चिमी मुलुकका केही सञ्चार माध्यमहरुसँग वास्तविक कुराबारे जानकारी लिन आग्रह गर्नुभएको छ।
|