चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले बेलायतको "टाइम्स अखवार"ले पैचिंग ओलम्पिक खेलकूदलाई सन् 1936 को जर्मनी ओलम्पिक खेलकूदसँगै बराबर स्थानमा राखेको कुराबाट चिनियाँ जनता र विश्वका जनतालाई अपमान भएको विचार व्यक्त गर्नुभयो। उहाँले आज पैचिंगमा उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता छिंग काँगले भन्नुभयो- पैचिंग ओलम्पिक खेलकूद सारा विश्वका जनताको भव्य खेलकूद समारोह हो। विभिन्न मुलुकका जनताले ओलम्पिक खेलकूदमार्फत आपसी जानकारी, मित्रता र सहयोगलाई बढाउने सदिच्छा लिएका छन्।
समस्त विश्वका जनताको साझा प्रयासमा पैचिंग ओलम्पिक खेलकूद पक्कै पनि सफल हुने विश्वास प्रवक्ता छिंगले व्यक्त गर्नुभयो।
|