सम्बन्धित योजनाअनुसार, यस वर्ष तिब्बतमा निर्माण गरिने सतहत्तरवटा महत्वपूर्ण परियोजनामध्ये बीसवटा भन्दा बढी परियोजनाको निर्माण कार्य पुन:शुरु भएको छ।
तिब्बतको सम्बन्धित विभागबाट प्राप्त समाचारअनुसार, ती सतहत्तरवटा महत्वपूर्ण परियोजनाको कूल लगानी बीस अरब चिनियाँ युआन भन्दा बढी पुगेको छ।
थाहा भएअनुसार, हाल पठारभूमिको मौसम जाडो भएकाले अत्याधिक परियोजनाको निर्माण कार्य मौसम न्यानो भएपछि मात्र शुरु हुनसक्ने छ।
पछिल्ला केही वर्षदेखियता चीन सरकारले तिब्बतलाई धुमधामसँग सहायता पुर्याएको छ। सन् 2007 मा राज्य परिषद्ले सन् 2006 देखि 2010 सम्म तिब्बतका एक सय असीवटा परियोजना निर्धारण गरेको थियो जसका लागि कूल लगानीको सतहत्तर अरब चिनियाँ युआन पुगेको छ।
|