 तीसजना विशेषज्ञको मेहनती प्रशिक्षणमा करीब एक सयजना स्वयं सेवकहरुले पारा ओलिम्पिक खेलको उत्पतिदेखि लिएर पैचिंग पारा ओलिम्पिक खेलकूदका खेलहरु बारेको जानकारीलगायत पारा ओलिम्पिक खेलकूद सम्बन्धी विभिन्न ज्ञानहरु बारे सिक्ने गरेका छन्। अपाँगहरुलाई मद्दत दिने कुरा चाहिं तालिमको महत्वपूर्ण बिन्दु हो। उदाहरणका लागि गुड्ने कुर्सी चलाउन सिक्ने विषयमा एक घण्टाको समय खर्च गरिएको थियो। स्ययं सेवकहरुले यसमा एकदमै उत्साह देखाएका छन् र लगन्शिलताका साथ जान्ने मानिससित सिक्छन्। सो तालिममा सहभागी भएका स्वयं सेवक चाँग साइले आफूले प्रशस्त फल प्राप्त गरेको कुरा बताउनुभयो-
"मलाई के गहिरो अनुभव भएको छ भने यस पटकको तालिम कक्षामा सहभागी भएबाट मैले पारा ओलिम्पिक खेलकूद सम्बन्धी धेरै ज्ञान ग्रहण गरें। यस बारे मैले सर्वतोमुखी रुपमा जानकारी पाएँ। खास गरी अपाँगहरुलाई विशेष सेवा दिने सम्बन्धी कौशल पनि मैले सिकें र जानिसकें। ज्ञान मात्र होइन अझ मैले जानिसकेको ज्ञानलाई व्यवहारमा उतारेर सफलता पाएँ पनि। आफूले धेरै प्रगति हासिल गरेको जस्तो मलाई लागेको छ"।

समन्वय टोलीका जिम्मेवार व्यक्ति चु शान लुले पत्रकारलाई भन्नुभयो- अब उपरान्त उनीहरुले पैचिंगका सबै झ्यालरुपी व्यवसायहरुमा अपाँगलाई सहायता दिने विषयका गतिविधिहरुमा झन् जोड लगाउनेछन। उहाँ भन्नुहुन्छ-
"अब हामीले धुमधामसंग प्रचार प्रसार गर्दै क्रमशः पैचिंग नगरका विभिन्न सामाजिक क्षेत्रहरुमा पारा ओलिम्पिक खेलकूदका ज्ञान सम्बन्धी तालिम र शिक्षा दिने उच्च लहर उठाउने काम गर्ने छौं। यस क्रममा हामीले विमानस्थल, यातायात, सार्वजनिक सुरक्षा, चिकित्सा, वाणिज्य, भोजन व्यवसाय र पर्यटन स्थलका कामदारहरु र शहरको सेवा पुर्याउने स्वयं सेवकहरुलाई महत्वपूर्ण बिन्दुमा राख्नेछौं र तिनीहरुलाई आफ्नै कार्य क्षेत्रमा रहेर अपाँगहरुको सेवा गर्ने आवश्यकतालाई आधारभूत विषय बनाउने छौं साथै हामीले कक्षामा सिकाउने, स्वयम अध्ययन गर्ने र नेटमार्फत सिक्ने जस्ता तरीकाद्बारा तालिम दिने छौं"।
श्री चु श्वे लुको विचारमा तालिम कार्यको गुण-स्तर प्रशिक्षकहरुको स्तरमा आधारित छ। त्यसैले समन्वय टोलीले क्रमशः प्रशिक्षक पंक्तिको निर्माण गर्ने कुरालाई महत्व दिएर अगाडि बढाउँदै लानेछ। उहाँले भन्नुभयो-
"अपाँग कार्यमा लाग्ने व्यक्ति र अपाँग खेलका विशेषज्ञहरुलाई तालिम दिने प्रशिक्षकलाई छानिएको छ। संयोजन कार्यमा लाग्ने व्यक्तिहरुलाई तालिम दिने प्रशिक्षकहरुको स्तर झन् माथि हुनुपर्छ"।

यस बाहेक पैचिंग ओलिम्पिक खेलकूदको तालिम समन्वय टोलीले पारा ओलिम्पिक खेलकूद सम्बन्धी तालिमका लागि आधारभुत पाठ्य पुस्तक बनाएको छ। समन्वय टोलीले फरक समूहलाई फरक तालिमको लक्ष्य र कार्यभार निर्धारण गरेर फरक पाठ्य सामग्री तयार पारेको छ। उनीहरुलाई एकीकृत पाठ्य पुस्तक र एकीकृत विषय वस्तु पढाउनेछ। जसबाट तालिमका विषयवस्तु, काइदा र मापदण्ड मोटामोटी रुपमा बराबर हुन सकोस्।
|