china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा चिनियाँ भाषा सिक्ने विद्यार्थीहरु क्रमश: बढिरहेका छन्।
    (GMT+08:00) 2008-03-26 15:33:36    

          तीनवर्ष अगाडि मात्र काठमाडौँमा विभिन्न शैक्षिक संस्थाले औपचारिक रुपमा चिनियाँ भाषा सिकाउन थालेका हुन्। चिनियाँ दूताबासको संस्कृति विभागको सहयोगमा निजी तथा सामुदायिक विद्यालयले पाठ्‍यक्रममा चिनियाँ भाषा समावेश गरेका छन्। पाठ्‍यपुस्तक तथा सिकाउने चिनियाँ स्वयंसेवक शिक्षकशिक्षिकाहरु दूताबासले उपलब्ध गराउने गरेको छ।

              चिनियाँ दूताबासको संस्कृति विभागका प्रमख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई.सँग कुरा गर्दै चिनियाँ भाषा सिक्ने नेपाली विद्यार्थीहरुमा हौसला र उत्साह देखिएको बताउनुभयो। काठमाडौँमा विश्वविद्यालयमा स्थापित कन्फ्युसियस् इन्स्टिच्युट छोटो समयमा नै लोकपि्रय हुन पुगेको उहाँको धारणा छ। त्यसैगरी डिल्लीबजारमा रहेको युनिभर्सल ल्याङ्‍ग्वेज एण्ड कम्प्युटर ट्रेनिङ्ग सेन्टरमा चिनियाँ भाषा गुणस्तर मापन परीक्षा प्रणाली पनि स्थापना भएको छ।

              विद्यालय स्तरमा पढ्‍ने विद्यार्थीहरुदेखि उच्चतहका बुद्धिजीवी व्यक्तिसम्म चिनियाँ भाषा सिक्न उत्साहित देखिएका दूताबासको संस्कति विभागकी प्रमुख युली बताउनुहुन्छ। काठमाडौँ विश्वविद्यालयमा स्थापित कन्फ्युसियस् इन्स्टिच्युटमा डाक्टर तथा इन्जिनियरसमेत चिनियाँ भाषा सिक्ने गरेका छन्।

              विगत दुई वर्षदेखि चिनियाँ स्वयंसेवक शिक्षक राखेर लोयल्टी एकेडेमीले चिनियाँ भाषालाई पाठ्‍यक्रममा समावेश गरेको छ। काठमाडौँको मण्डिखटारमा रहेको लोयल्टी एकेडेमीका कार्यकारी निर्देशक विजय सम्बाहाम्फे विद्यार्थीमा ठूलो रुचि देखिएको बताउनुहुन्छ। सम्बाहाम्फेका अनुसार चिनियाँ भाषा विद्यालयमै थप आकर्षक भएको छ। गतवर्षदेखि चिनियाँ भाषा सिकिरहेका विद्यार्थीहरु थप एक वर्ष सिकेपछि बोल्नसक्ने हुने सम्बाहाम्फे बताउनुहुन्।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040