china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पश्चिमी सञ्चार माध्यमहरुले गलत समाचार सार्वजनिक गरेकोमा इन्टर्नेटका ग्राहकद्बारा त्यसको खण्डन
    (GMT+08:00) 2008-03-26 16:37:06    
                     विश्वको प्रसिद्ध चिनियाँ भाषाको समाचार वेभ-साइट www.duoweinews.com ले मार्च बीस तारिखका दिन य्वे स्याउ तुंग नामक एकजना सामान्य नागरिकले ल्हासामा भएको दुर्घटनाबारे केही पश्चिमी सञ्चार माध्यमले गलत समाचार सार्वजनिक गरेकोमा त्यसको खण्डन गर्दै लेख्नुभएको पत्र छापेको थियो। उक्त पत्रमा श्री य्वे स्याउ तुंगले लेख्नुभएको छः

                  तिब्बतमा हिंसात्मक दंगा उत्पन्न भएपछि आवश्यक शक्तिको अभावका कारण प्रहरीले तुरुन्तै सबै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छैन। तत्स्थानबाट खिचिएको भिडियोबाट धेरै अवैध तत्वले कुटपिट, ध्वस्त, लुटपाट तथा आगजनी गरेका र केही लामाहरुले पनि पसलका ढोका फुटालेर सामान लुटेको देखिएको छ। त्यति बेला चिनियाँ प्रहरी कहाँ गएका थिए? यसबाट चीनमा प्रभावकारी कानूनी व्यवस्था छैन भन्ने शंका जनाउन सकिन्छ।

                  हाल CNN जस्ता केही पश्चिमी सञ्चार माध्यमले कतिपय भिडियोमार्फत चिनियाँ जन-मुक्ति सेनाले तिब्बतको स्वतन्त्रता पक्षधरहरुमाथि प्रहार गरेको कुरा जनाएका छन। CNN को वेभ-साइटमा यस्तो एउटा फोटो छः एकजना सामान्य नागरिक एउटा सैनिक गाडी अगाडी उभिएको छ। उक्त सैनिक गाडीले त्यस मान्छेलाई ठोक्नलाग्छ।

                   वास्तवमा त्यस फोटाको दायाँ भाग काटिएको छ। त्यस काटिएको भागमा केही अवैध व्यक्तिहरु ती सैनिक गाडीलाई सामानले हानिरहेका छन। यो पूर्ण फोटो देखेपछि त्यसमा सैनिक गाडीले सर्वसाधारणलाई प्रहार गर्नुको सट्टा अवैध व्यक्तिले सैनिक गाडीमाथि प्रहार गरिरहेको तथ्य प्रष्ट हुन्छ।

                  उक्त वेभ-साइटमा अर्को एउटा भिडियो पनि छ। त्यसमा केही अवैध व्यक्तिहरु मोटर-साइकलमा सामान लिएर जानलागेका एकजना सामान्य नागरिकको टाउकामा हानिरहेका छन। ती सामान्य नागरिक तिनीहरुको प्रतिरोध गर्नसक्दैनन।

                  यो भिडियो YOU TU BE नाकम वेभ-साइटमा हेर्न पाइन्छ। त्यसमा तपाईं TIBET भन्ने शब्दलाई लेखेर खोजेको खण्डमा "RIOT IN TIBET TRUE FACE OF WESTERN MEDIA " शिर्षकको छोटो भिडियोबारे हजारौंवटा टिप्पणी गरिएको पाउनुहुन्छ। "TIBET WAS IS AND ALWAYS WILL BE A PART OF CHINA" शिर्षकको अर्को एउटा छोटो भिडियोलाई दश लाखभन्दा बढी पटक लग गरिएको छ। ती दश लाखभन्दा बढी मान्छेहरुमध्ये कोहीले तथ्यको कदर गरी प्रचार गर्ने विश्वास मैले गरेको छु।

                 नक्कली समाचार बनाउने ठूला सञ्चार माध्यमहरु पनि आफ्नो गलतीलाई सार्वजनिक गर्न डराउँछन। अब इन्टर्नेट अमेरिकाका परम्परागत सञ्चार माध्यमले नक्कली समाचार बनाएका छन कि छैनन भन्ने कुराको परिक्षण यन्त्र बनिसकेको छ। हालको सूचनाको युगमा अमेरिकाको प्रचार-प्रसार यन्त्रले सोझा र मायालु अमेरिकी जनतालाई ठग्न त्यति सजिलो छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040