china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासामा पुनः फर्कने छुः एक जना अमेरिकी
    (GMT+08:00) 2008-03-26 16:39:07    

                     विश्वमा प्रसिद्ध चिनियाँ भाषाको समात्रार पत्र "सिंग ताउ दैनिक" ले मार्च बीस तारिखका दिन पैचिङ्गका लागि आफ्नो सम्वाददाताद्बारा पठाइएको समाचार जनाएको छ। यसमा ल्हासामा भएको दुर्घटनाका बेलामा त्यहाँ बसेका एक जना अमेरिकीले आउने महिनामा आफू काम गर्नका लागि ल्हासामा पुनः फर्कने कुरा बताएका छन।

                    सी.ऐ. 411 नम्बरको विमान मार्च उन्नाईस तारिखका दिन पैचिङ्गको राजधानी विमान स्थलमा ओर्ल्यो। लगभग बीस मिनेटपछि हल्का पोशाक लगाएका कपाल फूलेका एक जना पुरुष र एउटा बच्चा बोकेका एक जना महिला विमानस्थलको आगमन कक्षबाट बाहिर निस्केका छन। टक्यासीमा जाँदा ती पुरुषले हतारपतार गरेर पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिए। उनले भनेः म अमेरिकी हुँ। अमेरिकाको गरिबी निवारण कोषमा कार्यरत छु। तीन साताअघि म काम गर्न तिब्बतको ल्हासा पुगेँ। ल्हासामा हिंसात्मक घटना भएको बेलामा म हटेलमा बसिरहेको थिए। त्यसैले सो काण्डको वास्तविक घटनाक्रमबारे मैले आफ्नो आँखाले देखेको थिइनँ। तर त्यसपछि भने मैले ध्वस्त पारिएको पसलहरु देखेको थिएँ।

                   हाल ल्हासा शान्त भइसक्यो। चीन सरकारले धेरै काम गरेको छ। त्यहाँको परिस्थितिको नियन्त्रण गरेको छ चीन सरकारले। अब ल्हासा सुरक्षित रहने छ भन्ने मेरो अनुमा छ र त्यहाँ बस्न डारउँदिनँ पनि म। आफ्नो यस पटकको तिब्बत भ्रमणप्रति म ज्यादै सन्तुष्ट छु। गरिबी निवारण कार्य गर्न म आउने सालमा फेरी पनि ल्हासा फर्कने छु।

                   उनले पत्रकारसँग कुराकानी गर्दा उनीसँग आएकी महिला उनका सहकर्मीकी श्रीमती हुन। तिनीहरु सँगसँगै ल्हासाबाट पैचिङ्ग आईपुगेका हुन। ती पुरुषले आफ्नो नाम सार्वजनिक गरेका छैन। अन्तमा उनले मुसुमुसु हाँसेर पत्रकारलाई "यस पटक तिब्बतमा भएको घटनामा चीन सरकारले निकै राम्रो काम गरेको छ" भन्ने कुरा बताए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040